७ माघ २०८२, बुधबार | January 21, 2026

पर्यटन बोर्डमा बारपाकको फोटो प्रदर्शनी गरिने



काठमाडौं । विक्रम संवत् २०७२ को भूकम्पको क्षतिबाट पुनर्निर्माण गरिएको बारपाकको फोटो प्रदर्शनी र कुण्डलिनी कला प्रदर्शनी आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा आगामी जेठ १ देखि ३ गतेसम्म बोर्ड परिसरमा उक्त प्रदर्शनी गर्न लागिएको हो ।

फोटोपत्रकार प्रकाशचन्द्र तिमल्सेनाले खिचेको बारपाकको फोटो प्रदर्शनी हुन लागेको बोर्डले जनाएको छ । नेपालको भावनात्मक गहिराइ, सृजनात्मक र प्रेरणादायी प्रदर्शनीहरू गर्न लागिएको बोर्डले जनाएको छ ।

गोरखा भूकम्पको १० वर्षपछिको स्मृति दिवसका अवसरमा फोटो प्रदर्शनी गर्न लागिएको हो । यो प्रदर्शनीले बारपाकको पुनर्निर्माण र पुनर्जीवनको यात्रालाई प्रभावशाली फोटोहरूको माध्यमबाट चित्रण गर्ने आशा गरिएको छ ।

बोर्डले विभिन्न व्यक्ति र संस्थाहरूको सहकार्यमा नेपालका दृश्य सम्पदा र सामूहिक स्मृतिलाई दस्तावेज गर्दै आएको उल्लेख गरेको छ । लगत्तै आगामी जेठ ४ देखि १० गतेसम्म पर्यटन बोर्डले कलाकार भीमप्रसाद शर्माको १३औँ एकल कला प्रदर्शनी ‘कुण्डलिनी–२ः दिव्य जागरणको ऊर्जा मार्ग’ प्रस्तुत गर्नेछ ।

ऊर्जा, चेतना र अध्यात्मिक रूपान्तरणको विषयवस्तुलाई आधार बनाउँदै उक्त कला प्रदर्शनीले रङ्ग, रूप र प्रतीकहरूको प्रयोगमार्फत दर्शकहरूलाई आन्तरिक यात्राको सन्देश दिनेछ । यस प्रदर्शनीले ‘ह्यासट्याग फोटोनेपाल’ अभियानमा नेपालको सांस्कृतिक आत्मालाई चित्रकलाका माध्यमबाट विश्वसामु उजागर गर्ने उद्देश्य राखेको छ । “यी दुई प्रदर्शनीहरूले नेपाललाई केवल देखिने मात्र होइन, अनुभव गरिने देशका रूपमा प्रस्तुत गर्छन्,” बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भने।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  २ : १३ बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ