२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । चारदिने मध्यपूर्व भ्रमणको क्रममा साउदी अरेबियामा पुगेका ट्रम्पले उक्त घोषणा गरेका हुन् ।

गत वर्ष सिरियामा बशर अल-असदकाे सरकार ढलेपछि प्रतिबन्ध हटाउने बाटो खुलेको पनि ट्रम्पले बताएका छन् । यो प्रतिबन्ध हटाउने निर्णय अहिले सत्ताको बागडोर सम्हालिरहेका अहमद अल साराको महत्त्वपूर्ण जित हो । डिसेम्बर महिनामा सिरियाको राष्ट्रपति रहेका उनले असद परिवारको सत्तालाई बर्खास्त गर्दै शासन हातमा लिएका थिए ।

इजरायलले भने असद सत्ता ढलेपछि पनि सिरियामा लगातार आक्रमण गरिरहेको छ । अमेरिकाको यो निर्णय इजरायलका लागि धक्काको विषय समेत भएको महसुस गरिएको छ ।

राष्ट्रपति ट्रम्पले वर्षौँदेखि सिरियामा धेरैको ज्यान अकालमा गएको बताउँदै असद परिवार हटेपछि सम्बन्ध सुमधुर बनाउन प्रयास आवश्यक रहेको बताए । अमेरिकी विदेशमन्त्री मार्क रुबियोले यसै साताको अन्त्यमा सिरियामा विदेश मन्त्रीसँग टर्कीमा भेट गर्ने सम्भावना रहेको बताए ।

‘त्यस समयमा प्रतिबन्ध आवश्यक थियो । तर, अहिलेको समयमा यो हटाएर सिरियालाई सुन्दर भविष्यतर्फ उन्मुख गर्न जरुरी छ,’ ट्रम्पले भने ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ४७ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र