४ पुस २०८२, शुक्रबार | December 20, 2025

दक्षिण अस्ट्रेलियाको तटमा २०० भन्दा बढी समुद्री जनावरको मृत्यु, कारण के थियो ?



काठमाडौं । दक्षिण अस्ट्रेलियाको तटमा दुई सयभन्दा बढी विभिन्न समुद्री जनवारहरू मरेका छन् । यसको कारण शैवालको फूल अर्थात् पानीमा शैवालको द्रुत गतिमा बढ्दो संख्यालाई मानिएको छ ।

पानीमा शैवालको संख्या बढ्दै जाँदा यसको रंग परिवर्तन हुने बताइएको छ । मार्चदेखि दक्षिण अस्ट्रेलियाको तटको पानीमा शैवालको संख्या बढ्दै गएको छ । यो लगभग साढे चार हजार वर्ग किलोमिटरसम्म विस्तार भएको छ ।

“यो एउटा दुर्लभ घटना हो किनभने शैवालको फूल निरन्तर बढ्दै जान्छ,” वन्यजन्तु वैज्ञानिक भेनेसा पिरोट्टाले भनिन् । अन्य वैज्ञानिकहरूले शैवालले विष उत्पादन गर्ने र यसले समुद्री जीवनलाई नष्ट गर्ने बताएका छन् ।

मरेका जीवहरूमा सबैभन्दा सानो बच्चा माछादेखि ठूला सेता शार्कहरूसम्म पर्छन् । यद्यपि, शैवाल मानिसका लागि हानिकारक नरहेको तर उच्चस्तरको शैवालको सम्पर्कमा आउनेहरूलाई छालामा जलन र खोकी वा सास फेर्न समस्या हुन सक्ने बीबीसीले जनाएको छ ।

यस्तो अवस्थामा मानिसलाई पानीको रंग परिवर्तन भएको समुद्र तटहरूमा पौडी नखेल्न सल्लाह दिइएको छ । बीबीसी

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको