६ पुस २०८२, आइतबार | December 22, 2025

तिर्नुपर्ने पैसा अदालतमा बुझाएपछि सांसद विष्णु पन्थीलाई पक्राउ उन्मुक्ति



बुटवल । एउटा व्यवसायिक कम्पनीबाट उधारोमा सामान लिएर नतिरी बसेका लुम्बिनी प्रदेश सांसद तथा पूर्वमन्त्री विष्णु पन्थीले तिर्नुपर्ने बराबरको रकम अदालतका जम्मा गरेपछि पक्राउ पुर्जीबाट उन्मुक्ति पाएका छन् । मोरङ जिल्ला अदालतले यसअघि सांसद पन्थीलाई उधारो रकम नतिरेको भन्दै पक्राउ पुर्जी जारी गरेको भएपनि अदालतमा तिर्नुपर्ने रकम बुझाएपछि मोरङ जिल्ला अदालतले पुनः पक्राउ गर्न नपर्ने आदेश जारी गरेको छ ।

यसअघि वादी श्याम राठी प्रतिवादी रहेको गौतमबुद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन विगो मुद्दामा मोरङ अदालतले २०८१ साल बैशाख ३१ मा सांसद पन्थीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतबाट रकम तिर्न आदेश भएकोमा पन्थी सहित उनका ब्यवसायिक साझेदार देवराज खनालले रकम तिर्न बेवास्ता गरेपछि उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

वादीले पाउने गरी फैसलाले ठहर भएको विगो रकम प्रतिवादीले सो अदालतमा आज धरौटीमा दाखिला गरिसकेकाले पक्राउ नगर्न प्रहरीलाई मोरङ अदालतले अनुरोध गरेको हो ।

अदालतका तहसिलदार बुद्धराज निरौलाको हस्ताक्षर रहेको अदालतको चलानी नं ३०१६ को पत्रमा प्रतिवादीहरूलाई पकाउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई आनुरोध गरिएको छ। पत्रमा काठमाडौं २९ अनामनगरस्थित गौतमबुद्ध हाइड्रोपावर प्रालिका सञ्चालक देवराज खनाल र सञ्चालक विष्णु पन्थीलाई पक्राउ नगर्न भनिएको छ ।

पक्राउ पुर्जी जारी भएको १० महिना पुग्दा पनि सञ्चारमाध्यममा समाचार नआउँदा सम्म सांसद पन्थी पुर्जीको बेवास्ता गर्दै आएका थिए । प्हरीले भने उनी सहित खनाललाई फरारको सूचमिा राख्दै आएको थियो । गत २८ गते बुद्ध जयन्तकिा दिन प्रधानमन्त्री केपी ओलीसँग लुम्बिनीमा देखा परेका पन्थीबारे सञ्चारमाध्यममा समाचार आएपछि भने पन्थी सहित खनालले अदालतमा बिगो बराबरको रकम जम्मा गरेका हुन् ।

१० महिनाअघि आएको आदेश आइतबारमात्रै सार्वजनिक भएपछि सांसद पन्थीलाई जोगाउन यसो गरिएको भन्दै आलोचना भएको थियो ।

पन्थीले भने देवराज खनालसहित ५० जनाले सञ्चालन गरेको हाइड्रोपावर घाटामा गएकाले १० वर्षअघि बन्द भएर बेचिएको बताएका थिए । मुद्दा दर्ता भएको र फैसला भएको आइतबार पत्रकारबाटै थाहा पाएको र त्यो विषयमा आफूलाई कुनै जानकारी नभएको उनले दाबी गर्दै आएका छन् ।

‘अदालतको आदेशपछि सांसद पन्थीले मुद्दा दिएको कम्पनीप्रति सामाजिक सञ्जालबाट आक्रोश पोखेका छन् । यो श्यामराठि भन्ने (पल्लवि इलेक्ट्रिकल बिराटनगर) महँगोमा एउटा लाई सामान बेच्छ, अनि मुद्दा हाल्छ अर्कोलाइ बिराटनगरमा अनि म्याद तामेलि बेरित पुर्वक सिंह दरबार पुर्वी गेट काठमाडौमा गर्छ, एकतर्फि मुद्दा जित्छ फैसलामा गौतम बुद्ध हाइड्रोपावरबाट असुल उपर गर्नु भन्ने आउछ अनि ४६ जनामा रोजेर बिष्णु पन्थी लाइ पुर्जी कटाउछ लेखाउछ ,हल्ला गराउछ र मेरा चरीत्र हत्या गराउछ । महिमा अपरम्पार छ जुन पछि आउछ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

गौतम बुद्ध हाइड्रोपावर प्रालि काठमाडौंलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको थियो । सो रकम नतिरेपछि दायर भएको मुद्दामा पन्थी र देवराज खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

कारोबार गर्ने क्रममा २०७३ सालमै गौतम बुद्ध हाइड्रोपावर प्रालिले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको बताइएको छ । सोमध्ये पल्लवी इलेक्ट्रा प्रालिलाई ५ लाख रुपैयाँ दिइएको थियो । बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेसँगै जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको भए पनि १० महिनासम्म गुपचुप राखिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ७ : २९ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको