२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

मन्त्री पन्थी सहितको टोलीद्धारा बुद्धस्थलको अवलोकन



लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले विहिबार कपिलबस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलबस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो ।

टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले मन्त्री सहितको टोलीले बुद्ध स्थलको स्थल अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।

कपिलबस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलबस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवद्र्धन गर्ने गरि अन्य विकास गर्ने गरि योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए । मन्त्री पन्थीले बुद्धस्थललाई जोडेर पर्यटक आर्कषित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने गरि पहल भइरहेको बताए । संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र अन्र्तराष्ट्रिय दातृ निकायलाई जोडेर कपिलबस्तुका बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले बताए । मन्त्री पन्थीले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापना गरिने बताए ।

उक्त टोलीमा बुद्धमूर्ती स्थापना गर्ने दातृ निकाय वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्जको समेत उपस्थिती थियो । एसोसिशनले कपिलबस्तुमा विश्वकै ठूलो बुद्धमूर्ती स्थापनाको प्रस्ताव ल्याएको छ ।

उक्त प्रस्तावपछि मन्त्री सहितको टोलीले कपिलबस्तु नगरपालिका वडा न. ९ स्थित बाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ती स्थल हुनसक्ने भन्दै देखाइएको छ । नदी उकास क्षेत्रको अवलोकनअघि कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो। त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो । सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलबस्तु राष्ट्रिय मूर्तीकलाका कार्यशला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ ।

मन्त्री पन्थी सहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पूरातात्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलबस्तु नगरपालिका वडा न. ९ का वडाअध्यक्ष दीपक गुरुङ, वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलबस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य, पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : २३ बजे

घोप्टेभिरको पहिरो पन्छाएर पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक

ट्र्याक्टरले ठक्कर दिँदा नवलपुरमा प्रहरी जवानको मृत्यु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले

हिम्मत छ भने पहिले आफूमाथि उठेका प्रश्नको जवाफ देऊ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गिरफ्तारीको हल्ला चलाएर

बुटवलमा ६ करोड लगानीको ड्याडिज केक प्रिमियम बेकरी सञ्चालन

बुटवल । नेपाली बेकरी तथा खाद्य उद्योगमा गुणस्तर, आधुनिक प्रविधि