३ आश्विन २०८३, शनिबार | September 19, 2026

उत्पादनमा एमआरपी लगाउनुपर्ने सरकारको निर्णय विरुद्ध देखिए ब्यापारीहरु



भैरहवा । स्वदेशमा उत्पादित तथा नेपालमा आयात हुने उत्पादनहरुमा अनिवार्य रुपमा एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निणर्यलाई सिद्धार्थ उद्योग वाणिज्य संघ लगायतले विरोध जनाएका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ्ग उद्योग व्यापार संघ, नेपाल उद्योग वाणिज्य संघ काठमान्डौँ र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले संयुक्त प्रेस विज्ञप्ति जारी गरि एम.आर.पी. सहितको लेवल लगाउनुपर्ने सरकारको निणर्यको विरोध जनाएका हुन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी नेपाल राजपत्रको मिति २०८१ चैत १४ को सूचना अनुसार चैत २० देखि एमआरपी सहितको लेवल अनिवार्य गरेको हो । विहिवार सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले पत्रकार सम्मेलन गद्रै सरकारले ७ दिनको समय सिमा तोकेर अनिवार्य एमआरपी सहितको लेवल लगाउन राजपत्रमा प्रकाशित गरेको सुचना गलत भएको जनाएको छ ।

कोभिड १९ र विश्वव्यापी मन्दी लगायत बैंक व्याज, विद्युत महसुल लगायतका कारण संकट परेका उद्योगहरुलाई छोटो समय दिएर गरिएको सुचना समय सापेक्ष नभएको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिए । चारवटा उद्योग वाणिज्य संघले जारी गरेको संयुक्त प्रेस विज्ञप्ति वाचन गर्दै अध्यक्ष आचार्यले नीजि क्षेत्र एमआरपी सहितको लेवलको पक्षमा भएको तर सरकारले हचुवाको भरमा लागु गर्न खोज्नु गलत भएको बताए ।

यहाँको भौगोलिक विविधता तथा विकटताको कारण एमआरपी पनि स्थान अनुसार फरक–फरक राख्नपर्ने नीति हुनुपर्ने नेपाल उद्योग वाणिज्य संघ लुम्बनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापती राजेश अग्रवालले सरकार सधै नीजि क्षेत्रलाई धरासायी बनाउने तर्फ अग्रसर भएको भन्दै नीजिक्षेत्र संगको छलफल विना लागु गरेको एमआरपी सहितको लेवललाई कार्यान्वयन गर्न जटिलता रहेको पत्रकार सम्मेलनमा बताए ।

उद्योगवाट उत्पादन भएर बजारमा पुगी सकेको सामानलाई सात दिन भित्र एमआरपी लगाउन कठिन हुने भएकाले सरकारले प्रकाशित गरेको सुचना नीजि क्षेत्र संग छलफल गरेर लागु गर्नुपर्ने सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपाने, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार विष्णु प्रसाद शर्मा, संघका उपाध्यक्ष हरि थापा र महासचिव कृष्ण प्रसाद घिमिरेले एमआरपी सहितको लेवल सवैको पक्षमा हुनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  १ : ५३ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा