४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार बदनाम हुनुमा सल्लाहकारहरूको भुमिका रहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा राज्य ब्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ‘बदनाम’ हुनुमा सल्लाहकारको भुमिका रहेको आरोप लगाएका हुन् ।

उनले राष्ट्रपति, प्रधानमन्त्री देखी मन्त्रीहरुका सल्लाहकारले खेलेको भूमिकामाथी प्रश्न उठाउँदै उनीहरूमार्फत नै विचौलियाहरूको रजगज भएको बताए ।

‘pहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए। सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् ? सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन् ? मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ । प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ,  परराष्ट्रमन्त्री आफैँ सल्लाहकार हुनुहुन्छ,’ उनले संसदमा भने, ‘प्रधानमन्त्रीको, राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे।’

उनले सल्लाहकारका कारण प्रधानमन्त्री र मन्त्रीहरू बदनाम हुने गरेको भन्दै सल्लाहकारको भुमिकामा प्रश्न उठाएका हुन् ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ३ : १२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा