६ श्रावण २०८३, बुधबार | July 23, 2026

हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च



हङकङ । कोरोनाका कारण विश्वभर आतंक मच्चाएपछि अब फेरि नयाँ कोरोनाले प्रवेश गरेको छ । एसियाको हङकङ र सिङ्गापुरमा कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।

सघन जनसंख्या भएको हङकङ र सिङ्गापुरका स्वास्थ्य अधिकारीहरूले एसियामा कोभिड-१९ को लहरको पुनरुत्थानका कारण कोभिड-१९ का केसहरू तीव्र गतिमा बढिरहेको चेतावनी दिएका छन् ।

हङकङमा भाइरसको प्रकोप निकै उच्च रहेको सहरको स्वास्थ्य सुरक्षा केन्द्रको सरुवा रोग शाखाका प्रमुख अल्बर्ट एउले स्थानीय सञ्चारमाध्यमलाई बताएका छन् । उनका अनुसार कोभिड-१९ को पोजिटिभ केसको प्रतिशत एक वर्षकै अहिले उच्च पुगेको बताए । केन्द्रको तथ्याङ्कले मे १३ सम्मको हप्तामा ३१ गम्भीर घटनाहरू रिपोर्ट गरिएको देखाएको छ, जुन गत वर्षकै उच्च हो ।

तथ्याङ्कले मृत्युसहित गम्भीर केसहरूमा चिन्ताजनक वृद्धि देखाएको छ । जुन लगभग एक वर्षमा चरम बिन्दुमा पुगेको छ । तर, संक्रमणको यो संख्या पछिल्लो दुई वर्षमा देखिएको संक्रमणको चरमसँग भने मेल खाँदैन । यो भाइरस सम्बन्धी रोगका कारण ७० लाखभन्दा बढी मानिस अस्पतालमा भर्ना भएका थिए ।

तर, नयाँ बिकसित कोरोना–१९ का कारण सिंगापुर अहिले उच्च सतर्कतामा छ। स्वास्थ्य मन्त्रालयले यस महिना लगभग एक वर्षमा संक्रमण संख्यामा पहिलो अपडेट जारी गरेको हो । गत मे १३ सम्मको हप्तामा केसहरूको अनुमानित संख्या अघिल्लो सात दिनको तुलनामा २८ प्रतिशतले बढेर १४ हजार २०० पुगेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ९ : १८ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क