१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक



वासिंगटन डिसी । भेनेजुएलाका आप्रवासीहरूलाई देश निकाला गर्ने अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमाथि अमेरिकी सर्वोच्च अदालतले शुक्रबार रोक लगाएको छ ।

धेरै आप्रवासीहरू हाल टेक्सासको हिरासत केन्द्रमा राखिएका छन्। ट्रम्प प्रशासनले १७९८ को ‘एलियन एनिमिज एक्ट’ मार्फत उनीहरूलाई जतिसक्दो चाँडो देशबाट निकाल्न चाहेको थियो।

तर, ट्रम्प प्रशासनको निर्णयलाई रोक्दै अदालतले देशबाट निकाल्नु अघि सरकारले कानुनी प्रक्रिया पूरा गर्ने अवसर दिनुपर्ने बताएको छ । अदालतले यो पनि भनेको छ कि ट्रम्प प्रशासनले अवलम्बन गरेको तरिका जस्तै आप्रवासीहरुलाई २४ घण्टा भित्र बिना सुनुवाई देश बाहिर पठाउने तरिका बिल्कुलै ठीक छैन्, यो गलत हो ।

एलियन एनिमिज ऐन युद्धकालीन कानून हो, जसमा देशबाट शत्रुहरूलाई निष्कासन गर्न कुनै कानुनी कारबाही गर्नु पर्दैन। तर, यसलाई अमेरिकी संविधानका केही प्रावधानहरूमार्फत अदालतमा चुनौती दिइएको थियो।

यस निर्णयको अर्थ आप्रवासीहरूलाई उनीहरूलाई किन निर्वासन गरिँदैछ भनेर जान्न र अदालतमा चुनौती दिने अधिकार रहेको छ। तर, यो निर्णय अस्थायी हो र यसबारे सम्पूर्ण कानुनी लडाइँ अझै बाँकी नै रहेको छ ।

सर्वोच्च अदालतले यो मुद्दालाई तल्लो अदालत (पाँचौं सर्किट अदालत)मा फिर्ता पठाएको छ ताकि त्यहाँ अझ राम्ररी सुनुवाइ होस्। यो त्यही अदालत हो, जसले अप्रिलमा यस मुद्दामा हस्तक्षेप गर्न अस्वीकार गरेको थियो।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्च अदालतले अपराधीलाई देश निकाला गर्न दिँदैन्।’

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १२ : १४ बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’