३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

नयाँशक्तिको बुटवल उपमहानगरपालिकाको अधिवेशन सम्पन्न, रुचालको अध्यक्षतामा १७ सदस्य नयाँ समिति गठन



बुटवल । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ ।

अधिवेशनले हेम रुचालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष सम्झना केसी, शिशिर घर्तिमगर, सचिव सुजन कुवर, सहसचिव विजय बिक, सन्जय कार्कि र कोषाध्यक्ष पुष्पा गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा अमृत थापामगर, सुशान्त तुलाचन, सन्दिप न्यौपाने, टिकाराम पौडेल, बिमला कुवर र बिनु परियार निर्वाचित भएकाछन् भने चार जना सदस्यहरु पछि कलस्टर मिलाएर थप गरिने जनाइएको छ ।

अधिवेशनको पार्टीको केन्द्रिय पुनावेदन समितिको प्रमुख बिष्णुहरि शर्माले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले जनतामा आएको राजनीतिक चेत र नयाँ ढंगको राजनीतिक संस्कारलाई व्यवस्थित रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिए । उनले अब पुरानो सोंच र राजनीतिक दर्शनले मुलुकलाई सहि दिशामा लैजान नसक्ने भएको हुँदा नया वैकल्पीक राजनीतिको आचो भएको बताए ।

कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष हरि रिजाल, केन्द्रिय सदस्य कमल खनाल, पंकज राई, रविना भण्डारी, शुशी पुलामी, जिल्ला संयोजक शोभाखर खनाल, लुम्बिनी प्रदेश जनपरिचालन एवं जनजागरण अभियानका सम्योजक हरि घर्तिमगर, सिद्धार्थ नगरपालिकाका अध्यक्ष विजय उपाध्याय लगायत बोलेका थिए ।

कार्यक्रम सुरज हितान मगरको अध्यक्षता तथा रिना नेपाली र बिष्णु खत्रीको संयुक्त रुपमा चलाएका थिए भने अमिसा रसाइलीले स्वागत मन्तव्य दिएकी थिइन् ।

शुभकामना मन्तव्य दिने अधिकाम्स केन्द्र र प्रदेश तहका नेताहरुले पुराना दलबाट जनता वाक्क भएर पार्टीको बिकल्प खोजेको बताउदै नेसपा (नयाँशक्ति) विचार, दर्शन, नीति, कार्यक्रम, शैली, संस्कार र आचरणमा वैकल्पिक भएको दावी गरेका थिए ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ८ : ३० बजे

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौँ । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको