१० भदौ २०८३, बुधबार | August 26, 2026

३२ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा जेष्ठ नागरिक र एकल महिलालाई सम्मान



देवदह । नेपाल कम्युनिष्ट पार्टी (एमाले) देवदह-७, शाखा कमिटी र मदन आश्रित स्मृति प्रतिष्ठानको आयोजनामा जेष्ठ पार्टी सदस्य र एकल महिलालाई सम्मान गरेको छ । एमालेका नेता द्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२ औं स्मृति दिवसको अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय अनुशासन आयोगका सदस्य पूर्व लुम्बिनी प्रदेशसभा सदस्य डा। कृष्णप्रसाद न्यौपानेले गणतन्त्रको विकल्प उत्तम गणतन्त्र र लोकतन्त्रको विकल्प उत्तम लोकतन्त्र भएकोले प्रतिगमनकारी तत्वलाई परास्त गर्नुको विकल्प नरहेको बताए ।

उनले राजनैतिक अस्थिरताका कारण देश पछाडी परेकोले देशलाई निकास दिन नेकपा एमाले र नेपाली काङ्ग्रेसबीच गठबन्धन गरेर सरकार निर्माण गर्नुपरेको बताए । सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गर्ने गरी तिव्ररुपमा काम गरिरहेको बताए ।

विगतमा जेष्ठ सदस्यले पार्टीको विकास र संगठन निर्माणमा महत्वपूर्ण योगदान दिएको भन्दै मदन-आश्रित स्मृति दिवसको अवसरमा सम्म्मान गरिएको शाखा कमिटीका अध्यक्ष रिता थापाले जानकारी दिइन ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य श्रद्धा कुवर, नगर कमिटीका अध्यक्ष केशव भट्टराई, देवदह-७, का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुर्व प्रसाद न्यौपाने लगायतले आ-आफना भनाई राखेका थिए । कार्यक्रममा ४३ जना जेष्ठ सदस्य र ७ जना एकल महिलालाई सम्मान गरिएको थियो ।

नेकपा एमाले देवदह-७, का शाखा कमिटी अध्यक्ष रिता थापाको अध्यक्षता, शाखा कमिटीका उपाध्यक्ष गीता सापकोटाको स्वागत र सचिव रेनुका पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १२ : २५ बजे

महाधिवेशन रोक्ने अन्तरिम आदेशको सम्भावना छैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला रु

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके । भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय

उत्तिसको गोलिया काठ बरामद

खोटाङ । डिभिजन वन कार्यालय खोटाङले अवैधानिक रुपमा निकासी गर्न

हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए

चितवन । यहाँस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत