८ बैशाख २०८३, मंगलबार | April 21, 2026

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुुभकामना दिए ।

अखिल नेपाल टेबल टेनिस सङ्घद्वारा गत २४ देखि २७ एप्रिलसम्म काठमाडौँमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कास्यसहित नेपालले १२ पदक जितेको थियो । प्रतियोगिताको यु–१९ ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाइ अवलोकनका साथै उनीहरुसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरेका थिए । साथै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट उत्कृष्ट र सहभागी खेलाडीहरुलाई आकस्मिकरुपमा नगद पुरस्कार प्रदान गरेका थिए ।
सङ्घका उपाध्यक्ष पूर्णशङ्कर श्रेष्ठले यसरी प्रधानमन्त्रीस्तरबाट टेबल टेनिसलाई पहिलो पटक स्नेह प्राप्त भएकाले यस खेलले भविष्यमा देशलाई राम्रो नतिजा दिने विश्वास व्यक्त गरे ।

सङ्घका सचिव एवं दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिताका टोली व्यवस्थापक राजेन्द्रबहादुर दुुलालले अन्तरराष्ट्रिस्तरमा टेबल टेनिसमा भाग लिँदा युवा खेलाडीका अभिभावकले आफै शुल्क तिर्नुपर्ने अवस्था अन्त्यका लागि सरकारबाट सहयोग हुनुुपर्ने आग्रह गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  २ : २० बजे

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा