२ पुस २०८२, बुधबार | December 17, 2025

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम



नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव नेपालगन्जमा एक कार्यक्रम गरि मनाइएको छ । संघको बाँके शाखाको आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान सहित कला क्षेत्र र चलचित्र क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई सम्मान गरि वार्षिकोत्सव मनाएको हो ।

२६औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा नृत्य निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । सुवेदीलाई तीन हजार एक सय र गिरीलाई दुई हजार एक सय नगद रुपैयाँ र प्रमाण पत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्रमा निर्देशन गरेका छन् भने चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघको बाँके शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले चलचित्र अव मनोरन्जनमा सिमित नरहेको बताए । उनले चलचित्रले समाजको महत्वपूर्ण स्थान ओगटेको उल्लेख गर्दै पछिल्लो समय नेपाली सिनेमाले दर्शकको ध्यान खिच्न थालेको बताए । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपूरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताए । उनले केन्द्रबाट दर्शक भेट्न नेपालगञ्ज आएका कलाकारलाई पत्रकारसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई सुझाव दिए ।

बरिष्ठ पत्रकार निरज गौतम, संगीतकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धि सीप अभिवृद्धि गर्न सुझाव दिएका थिए ।

आएका सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । । कार्यक्रममा कार्यक्रममा सहयोग पुर्याउने दताहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १० : ०२ बजे

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया