२० भदौ २०८३, शनिबार | September 5, 2026

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम



नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव नेपालगन्जमा एक कार्यक्रम गरि मनाइएको छ । संघको बाँके शाखाको आयोजनामा नेपालगन्जमा शुभकामना आदानप्रदान सहित कला क्षेत्र र चलचित्र क्षेत्रमा कलम चलाइरहेका पत्रकारलाई सम्मान गरि वार्षिकोत्सव मनाएको हो ।

२६औँ बार्षिकोत्सव तथा चलचित्र पत्रकारिता दिवसको अवसरमा नृत्य निर्देशक तथा डान्सर नवराज सुवेदी र पत्रकार सावित्री गिरीलाई सम्मान गरिएको हो । सुवेदीलाई तीन हजार एक सय र गिरीलाई दुई हजार एक सय नगद रुपैयाँ र प्रमाण पत्रसहित सम्मान गरिएको हो । मोफसलमा रहेर सुवेदीले दर्जनौं म्युजिक भिडियो र लघु चलचित्रमा निर्देशन गरेका छन् भने चलचित्र विधामा कलम चलाउन प्रोत्साहन गर्ने गरी पत्रकार गिरीलाई सम्मान गरिएको चलचित्र पत्रकार संघको बाँके शाखाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले चलचित्र अव मनोरन्जनमा सिमित नरहेको बताए । उनले चलचित्रले समाजको महत्वपूर्ण स्थान ओगटेको उल्लेख गर्दै पछिल्लो समय नेपाली सिनेमाले दर्शकको ध्यान खिच्न थालेको बताए । सिनेकर्मी, पत्रकार, सिनेमा हल र दर्शक एकअर्काको परिपूरक भएको बताउँदै चलचित्र पत्रकार संघले यी निकायबीच समन्वय बढाउन भूमिका खेलिरहेको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले अहिले नेपाली चलचित्रहरुले राम्रो व्यापार गरिरहेको बताए । उनले केन्द्रबाट दर्शक भेट्न नेपालगञ्ज आएका कलाकारलाई पत्रकारसँग साक्षात्कार गराउने कामलाई निरन्तरता दिन संघलाई सुझाव दिए ।

बरिष्ठ पत्रकार निरज गौतम, संगीतकर्मी तथा चलचित्र पत्रकार संघ नेपाल बाँकेका सल्लाहकार सुन्दर गुरुङले विधागत पत्रकारिता गर्न, चलचित्र पत्रकारिता सम्बन्धि सीप अभिवृद्धि गर्न सुझाव दिएका थिए ।

आएका सुझावहरुलाई आगामी दिनमा कार्यान्वयन गर्दै लैजाने चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले बताए । । कार्यक्रममा कार्यक्रममा सहयोग पुर्याउने दताहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  १० : ०२ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २