७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा लेदोसहितको पहिरोका जोखिममा रहेका बासिन्दाको उद्धार र सुरक्षित बसोबारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका छन ।

अध्यक्ष प्रचण्डले आज सामाजिक सञ्जालमार्फत भनेका छन, “तत्काल उद्धार र जोखिम क्षेत्रका बासिन्दाको सुरक्षित बसोबासको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । हुम्लामा जनधनको क्षति हुन नदिन आवश्यक सावधानी र उद्धारमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशित गर्दछु ।”

अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनको बढ्दो असरका कारण हिमताल फुट्ने जोखिम बढिरहेकाले यससम्बन्धी बहसलाई राजधानीमा मात्रै केन्द्रित नगरी सम्बन्धित क्षेत्रको वैज्ञानिक अध्ययन र पूर्वतयारीका कार्यमासमेत ध्यान दिन सरकारलाई आग्रह गरेका छन । उनले भनेका छन, “त्यहाँ हिमताल फुटेर पहिरो आएकाले बस्ती जोखिममा रहेको, पहिरोका कारण खानेपानीको संरचना, बाटो र पुलमा क्षति पुगेको, स्थानीय ३३ जना नागरिक राहत र उद्धारको पर्खाइमा रहेको कुराले झन गम्भीर बनाएको छ ।”

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : ०९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज