काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्न नमिल्नेमा परेको छ ।
हेर्न मिल्ने न्यायाधीशहरुकोमा परेको भनिए पनि सो रिटमाथि आज पनि सुनवाइ स्थगित भएको हो ।
आज रविको बन्दिप्रत्यक्षीकरणको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीस नित्यानन्द पाण्डेको संयुक्त इजलासमा परेको थियो । यद्यपी प्रधानन्यायाधीश र रविका वकिलबीच नातासम्बन्ध परेपछि सो रिट ‘हेर्न नमिल्ने’ सूचीमा गएको छ ।
एकमहिनाअघि दायर रविको रिट आजसहित ६ पटक हेर्न नमिल्नेमा गैसकेको छ ।



















प्रतिक्रिया