२१ बैशाख २०८३, सोमबार | May 4, 2026

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा



काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको उक्त रिट मंगलबार पनि नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको हो । न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा रिट निवेदक तथा सरकारी पक्षका कानुन व्यवसायीहरूको बहस भएको थियो ।

रिट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा युवराज सफल लगायतले महान्यायाधिवक्ता कार्यालयको निर्णय बदरको माग गर्दै दायर गरेका हुन् । रिटमा महान्यायाधिवक्ता कार्यालय, विभिन्न जिल्ला सरकारी वकिल कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ ।

रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग कमजोर नबनाउन तथा कानुनी प्रक्रियामा अवरोध नगर्न परमादेश जारी गर्न माग गरेका छन् ।

यसअघि गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयले लामिछानेलाई उम्मेदवारी दिन तथा निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने भन्दै विवाद उत्पन्न भएको हो ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ५ : ४८ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र