४ पुस २०८२, शुक्रबार | December 19, 2025

जनतामा क्रान्तिको चेत अझै उस्तै छ : अध्यक्ष प्रचण्ड



जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा क्रान्तिको चेत अझै उस्तै रहेको बताएका छन् ।

छेडागाड नगरपालिका–१२ मनघाटमा आयोजित जनसभालाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २७ वर्षअघिको क्रान्तिको गति र अहिलेको गति एकै खालको देखिएको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जनयुद्धमा जाजरकोटले पु(याएको योगदानको प्रशंसा गरे ।

जनयुद्धको केन्द्रीय आधार इलाका रहेको जाजरकोट आजको परिवर्तनको हिस्सेदार रहेको उनको भनाइ थियो । १० वर्षदेखि अलपत्र शान्ति प्रक्रियाका काम विधेयकमार्फत समाधान गर्ने प्रयास भएको उनले बताए ।

अब फेरि जनताले माओवादीलाई बलियो बनाए मात्र सबै जनता बलियो हुने उनको भनाइ छ । “हामीले गरेका गल्ती कमजोरी सच्याउने प्रयास हामीले गरिरहेका छौँ”, उनले भने, “अब फेरी हामीलाई तपाईँहरुले साथ दिनुभएमा जनता बलियो जनसाधारण बलियो हुनेछ ।” मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य जनतासँग जोडिने भएको उनले बताए ।

जाजरकोटका जनताले उठाएका कुरा सदनदेखि सरकारम्म राख्ने उनले प्रतिबद्धता ब्यक्त गरे । मध्यपहाडी राजमार्गको मन्ताभिरको अवरोध हटाउन प्रयास गर्ने आश्वासन दिए । जाजरकोट–जुम्ला जोड्ने सडक निर्माण तथा नलगाड जलविद्युत् आयोजना निर्माणका लागि पहल गर्ने उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ९ : १२ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ