३ श्रावण २०८३, आइतबार | July 19, 2026

दाउन्ने क्षेत्रमा अझै पनि कष्टकर यात्रा, नारायणघाट-बुटवल सडकको ८३ प्रतिशत एकतर्फी कालोपत्रे सकियो



नवलपुर । नारायणघाट–बुटवल सडक आयोजनाले झण्डै ९४ किलोमिटर एकतर्फी कालोपत्रे भएको जनाएको छ । आयोजनाले सोमबार एक विज्ञप्ती जारी गर्दै अब ११३.५३ किलोमिटर सडकमध्ये ९३.९४ किलोमिटर कालोपत्रे सडक भएर यात्रा गर्न सकिने जानकारी दिएको हो ।

कालोपत्रे गरिएकोमध्ये ३.०७ किलोमिटर क्षेत्र पुलले ओगटेको छ भने ११०.४६ किलोमिटर सडक रहेको छ । पुल बाहेक ९०.८७ किलोमिटर सडकको भाग रहेको छ । यसरी हेर्दा कुल ११३.५३ किलोमिटरमध्ये हाल ९३.९४ किलोमिटर अर्थात् कुल लम्बाइको झण्डै ८३ प्रतिशत भाग पक्की सडक भएर यात्रा गर्न सकिने आयोजनाको भनाइ छ ।

बाँकी रहेको अधिकांश भाग दाउन्ने क्षेत्रमा रहेको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । दाउन्नेमा हाल कल्भर्ट निर्माणको काम भइरहेको र अन्तिम चरणमा पुगेको छ आयोजनाले दाबी गरेको छ । साथै सडक ढलान गर्ने काम पनि समानान्तर रूपमा जारी रहेको बताइएको छ । हालसम्मको भौतिक प्रगति ६६.५० प्रतिशतको हाराहारीमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

दाउन्नेको झण्डै ११ किलोमिटर कालोपत्रे नहुँदा अझै पनि यो खण्ड भएर यात्रा गर्न निकै कष्टकर रहेको यात्रुहरूको भनाइ छ । दाउन्ने बाहेक दुम्कीवास र चोरमारा पुल तथा बजार खण्डमा पनि कालोपत्रे हुन सकेको छैन ।

तेस्रोपटक अन्तिम समय भन्दै थपिएको म्याद सकिन अब दुई महिना मात्र बाँकी हुँदा आयोजनाले प्रगति विवरण सार्वजनिक गरेको हो । अन्तिम पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदैछ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ८ : ५० बजे

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी