४ पुस २०८२, शुक्रबार | December 19, 2025

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने



काठमाडौं । टेक्नोलोजी दिग्गज माइक्रोसफ्टले विश्वव्यापी रूपमा आफ्नो ३ प्रतिशत कर्मचारीलाई हटाउने भएको छ।  माइक्रोसफ्टको यो निर्णय सबै तह अर्थात जुनियरदेखि वरिष्ठ व्यवस्थापनसम्म र सबै भौगोलिक क्षेत्रको हकमा लागू हुने जनाएको छ।

माइक्रोसफ्टका प्रवक्ताले भने, ‘हामी संगठनात्मक परिवर्तनहरू गर्दैछौं, जसले कम्पनीलाई परिवर्तनशील बजारमा सफल हुनको लागि राम्रो स्थान दिनेछ।’

माइक्रोसफ्टमा जुन २०२४ सम्म करिब २ लाख २८,००० कर्मचारीहरू कार्यरत थिए। यसको मतलब यो छ कि अब यो निर्णयसँगै करिब ६ हजार ८०० कर्मचारीहरूले यस कामबाट काम गुमाउन सक्छन्। सन् २०२३ मा १० हजार कर्मचारीको कटौती पछिको यो सबैभन्दा ठूलो कटौती मानिएको छ ।

माइक्रोसफ्टले यो पटकको लेअफ कार्यसम्पादनमा आधारित नभएको अर्थात् जागिर गुमाइरहेका व्यक्तिलाई कामका कारण बर्खास्त नगरिएको स्पष्ट पारेको छ । कम्पनीको उद्देश्य व्यवस्थापनका तहहरू घटाएर कामलाई थप सरल बनाउनु हो।

चाखलाग्दो कुरा के छ भने, माइक्रोसफ्टले अप्रिल २०२४ मा आफ्नो त्रैमासिक नतिजामा अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको थियो र कम्पनीको प्रक्षेपण पनि सकारात्मक थियो। तैपनि छाँटकाँटहरूले देखाउँछ कि माइक्रोसफ्ट आफ्नो स्रोतहरू अझ प्रभावकारी रूपमा प्रयोग गर्न चाहन्छ।

माइक्रोसफ्टको शेयर गत सोमबार यस बर्षको उच्च ४४९.२६ डलरमा पुगेर बन्द भएको थियो, यो वर्ष अहिलेसम्मकै उच्च स्तर हो। कम्पनीको शेयर जुलाई २०२३ मा रेकर्ड ४६७.५६ डलरसम्म पुगेको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ११ : २६ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ