२० मंसिर २०८२, शनिबार | December 6, 2025

गभर्नर विश्व पौडेलले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभका हुन् । सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा पौडेललाई शपथ ग्रहण गराए ।

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले गभर्नर चयनका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  ११ : ५१ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी