२४ भदौ २०८३, बुधबार | September 9, 2026

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल जालझेलमार्फत व्यक्तिगत फाइदा उठाउने गतिविधिलाई ‘पार्ट अफ करप्सन’ का रूपमा व्याख्या गर्दै कडा चेतावनी दिएका छन् ।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्ता कृत्य सह्य नहुने स्पष्ट पार्दै राष्ट्र बैंकले कठोर कदम चाल्ने बताए ।

उनका अनुसार, सरकारी बैंकमा केही प्रक्रिया मिलाइदिने नाममा पैसा माग्ने गतिविधि भएमा सरकार पक्षले जोखिम बेहोर्ला तर निजी बैंकमा यस्तो प्रयास भयो भने राष्ट्र बैंक अत्यन्त कडा रूपमा अघि बढ्नेछ ।

गभर्नर पौडेलले भने, “अर्काको कोल्याटर जबरजस्ती बेचेर फाइदा लिन खोज्नु नै भ्रष्टाचारको हिस्सा हो, राष्ट्र बैंकले यस्तो कदापि सहँदैन।”

गभर्नरले आर्थिक गतिविधि सुदृढ बनाउन राष्ट्र बैंकले हालै विभिन्न नीतिहरू परिमार्जन गरेको जानकारी पनि दिए । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत वित्तीय संस्थाहरूलाई नाफा बढाउन सहज बनाइएकाले बैंकहरूलाई डिजिटल कारोबार विस्तार तथा लगानी बढाउन प्रेरणा मिल्ने बताइएको छ । साथै, महानगरमा रहेका धेरै बैंक शाखा आवश्यकताअनुसार बन्द गर्न बाटो खोलिएको उनको भनाइ छ।

उनले बैंक तथा वित्तीय संस्थाहरूको नाफा र लगानी दुवै सुदृढ बनाउन राष्ट्र बैंक निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै “सही–गलत पहिचान गरेर उचित नीति निर्माण गर्ने” प्रतिवद्धता व्यक्त गरे ।

देशको अर्थतन्त्रमा मुभमेन्ट ल्याउन मनोवैज्ञानिक प्रभाव ठूलो हुने उल्लेख गर्दै उनले पछिल्ला दस वर्षमा आईटी, पूर्वाधार र अन्य क्षेत्रहरूमा उल्लेख्य प्रगति भएको बताए । श्रीलंका कठिनाइपछि पुनः सुधारतर्फ उक्लिएको उदाहरण दिँदै नेपालले पनि सही कदमका साथ तीव्र सुधार गर्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १२ : ५२ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४