४ पुस २०८२, शुक्रबार | December 19, 2025

रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ: कृषिमन्त्री अधिकारी 



ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ भन्ने बताएका छन् ।

खाद्यका लागि कृषि अभियानले २०८२ गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म भएको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उनले कृषि कर्म गर्ने सबैलाई सहयोग गर्ने र खाद्यका लागि जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिए ।

उनले भने,“ धेरै विषादी प्रयोग न्यूनीकरण आवश्यक छ, भावी सन्ततिका बारेमा पनि चिन्ता गर्नुपर्ने हुन्छ, रासायनिक मलका साथै हामीले प्राङ्गरिक मललाई पनि जोड दिनुपर्छ, प्राङ्गारिक मललाई बढवा दिएर रासायनिक मललाई निरुत्साहित गर्दा सफल हुन सकिन्छ । ”

उनले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राखे । “रासायनिक मल पर्याप्त दिन सकेन भनेर सरकारको आलोचना हुन्छ, अनि फेरि जैविक खेतीका लागि प्राङ्गारिक मलको पनि कुरा हुन्छ, यसमा जोड दिऔँ न, खाद्य स्वच्छताका लागि जोड दिनुपर्छ”, उनले भने।

कृषिमन्त्री अधिकारीले सिङ्गै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताए ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले जागरण यात्रा कार्य महत्त्वपूर्ण भएको बताइन । उनले केमिकलयुक्त रासायनिक मलभन्दा अर्गानिक मलका लागि जोड दिँदै कृषि प्रणाली र खेतीपातीका विषयमा विद्यालय तहको शिक्षालाई पनि जोड दिनुपर्ने धारणा राखिन ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार  २ : ३० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज