१४ असार २०८३, आइतबार | June 28, 2026

चीन, पाकिस्तान, अफगानिस्तानबीच बीआरआई योजनामा त्रिपक्षीय सहमति



बेइजिङ । पाकिस्तान र अफगानिस्तानले चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) अफगानिस्तानसम्म विस्तार गर्न सहमति जनाएका छन् ।

इस्लामावादको विदेश कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि सीपीईसी सम्बन्धी घोषणा पाकिस्तानका उपप्रधानमन्त्री/परराष्ट्रमन्त्री इशाक दार, चिनियाँ विदेशमन्त्री वाङ यी र अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुट्टाकीबीच बेइजिङमा भएको अनौपचारिक त्रिपक्षीय बैठक पछि गरिएको हो।

दार बेइजिङको तीन दिने भ्रमणमा छन्, जुन भारत र पाकिस्तानबीच भएको छोटो समयको युद्धपछिको पहिलो उच्चस्तरीय वार्ता हो। बैठकपछि ‘एक्स’ मा एक पोस्टमार्फत दारले भने, ‘पाकिस्तान, चीन र अफगानिस्तान क्षेत्रीय शान्ति, स्थिरता र विकासको लागि एकसाथ खडा छन्।’

उनले तीन नेता सँगैको तस्विर पनि सेयर गरेका छन् । ‘हामीहरू कूटनीतिक संलग्नता अभिवृद्धि गर्न, सञ्चारलाई सुदृढ गर्न र साझा समृद्धिको प्रमुख संवाहकका रूपमा व्यापार, पूर्वाधार र विकासलाई प्रवर्द्धन गर्न व्यावहारिक कदम चाल्ने विषयमा छलफल गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ।

अगाडि भनिएको छ, ‘उनी (चीन र अफगानिस्तानसमेत) ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) सहयोगलाई गहिरो बनाउन र चीन–पाकिस्तान आर्थिक करिडोर (सीपेक) अफगानिस्तानसम्म विस्तार गर्न सहमत भएका छन,’ बिज्ञप्तिमा अगाडिभनिएको छ । तर, भारतले भने पाकिस्तान प्रशासित कश्मीर हुँदै बनिरहेको ६० अर्ब अमेरिकी डलरको सो निर्माणको विरोध गर्दैआएको छ ।

साथै, विज्ञप्तिमा परराष्ट्रमन्त्रीहरूको छैटौं त्रिपक्षीय बैठक चाँडै नै आपासी सुविधाजनक मितिमा काबुलमा हुने सहमति भएको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  १० : ०७ बजे

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा

संविधान संशोधन सम्भव, तर प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समयको आवश्यकता र संविधान कार्यान्वयनबाट