११ पुस २०८२, शुक्रबार | December 26, 2025

जनशक्ति अभाव हुँदा गुठी संस्थानको सेवा प्रवाहमा समस्या, लुम्बिनी प्रदेशमा कार्यालय खोलिँदै



काठमाडौँ । गुठी संस्थानमा स्वीकृत जनशक्तिको आधाभन्दा कम कर्मचारी कार्यरत हुँदा सेवा प्रवाहमा समस्या हुन थालेको छ । संस्थानमा एक सय ९६ जनाको दरबन्दी स्वीकृत भएकामा हाल ९४ जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या भएको हो ।

हाल करार सेवामा समेत गरी ९४ जना कार्यरत कर्मचारी रहेका संस्थानका सूचना अधिकारी जनक पोखरेलले जानकारी दिए । उनका अनुसार तीमध्ये ५४ स्थायी र ४० जना सेवा करारमा छन् । प्रधान कार्यालयसहित ११ वटा कार्यालय रहेको संस्थानमा जनशक्ति कम भएकाले धर्म, संस्कृति क्षेत्रको संरक्षण, संवर्द्धन एवं प्रवर्द्धनमा संस्थानले गर्ने काम प्रभावित हुने गरेका छ ।

संस्थानमा विसं २०७२ पछि पदपूर्ति हुन नसक्दा कर्मचारी अभाव देखिएको सूचना अधिकारी पोखरेलले बताए । उनका अनुसार पदपूर्ति गर्नेगरी विसं २०७५ मा जारी भएको विनियम सर्वोच्च अदालतको आदेशमा खारेज भएपछि कर्मचारी पदपूर्ति हुन नसकेको हो । पछिल्लोपटक गत फागुन १९ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले संस्थानको विनियमावली स्वीकृत गरेका छन् ।

संस्थानले ‘ओएनएम सर्वे’ गरी विनियमावली स्वीकृतिका लागि मन्त्रालयमा पठाएको प्रशासक शैलेशराज कुँवरले जानकारी दिए । मन्त्रालयबाट स्वीकृत भएर आउने वित्तिकै पदपूर्ति प्रक्रिया सुरु गरिने उनले बताए । यसपटक दुई सहसचिव, १५ उपसचिव र १० जना शाखा अधिकृत खुलाउने तयारी भइरहेको संस्थानले जनाएको छ ।

यसैबीच, गत वैशाख २० गते बसेको संस्थान सञ्चालक समितिको बैठकले सङ्घीय संरचनाअनुसार कोशी र लुम्बिनी प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  १ : १२ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’