१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

डब्लुएचओमा सांसद गौतम – ‘स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन आह्वान’



काठमाडौं । प्रतिनिधिसभाकी सांसद सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन विश्वव्यापी आह्वान गरेकी छिन् ।
जेनेभामा बुधबार आयोजित विश्व स्वास्थ्य सङ्गठनसभाको संसदीय संवाद कार्यक्रममा उनले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाउन दृढताका साथ कानुन निर्माण गरी आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन ।
अन्तर–संसदीय सङ्घ (आइपियू) स्वास्थ्य समितिको सदस्यसमेत रहनुभएकी सांसद गौतमले कानुन निर्माण र आवश्यक लगानीका क्षेत्रमा विश्वभरका सांसदहरूलाई एकजुट भई सहकार्य र समन्वय गर्न आह्वान गरिन्।
“दृढताका साथ कानुन बनाऔँ, निर्भयतापूर्वक आवश्यक लगानी गरौँं र स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाका रूपमा संरक्षण गरौंँ”, उनले भनिन, “सांसदहरू अब परिवेक्षक मात्र होइन, हामी उत्तरदायित्वको रक्षा, समताका पक्षधर र दूरगामी विकासका नेतृत्वकर्ता हौँ ।”
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र अन्तर–संसदीय सङ्घ (आइपियू)को सहकार्यमा आयोजित उक्त संवाद कार्यक्रममा उनले हालै पारित भएको डब्लुएचओको महामारी सम्झौताका सन्दर्भमा सांसदहरूको निर्णायक भूमिका रहेको स्पष्ट पारिन ।
“यो सम्झौताले महत्त्वपूर्ण कामको सुरुआत गरेको सङ्केत गर्दछ”, उनले भनिन, “आगामी दिनमा महामारीको सम्भावना भएमा जैविक सामग्री र सम्बन्धित जानकारीको द्रुत, व्यवस्थित र समयमा आदानप्रदान गर्नेदेखि न्यायोचित पहुँच सुनिश्चित गर्न पहुँच र लाभ साझेदारी प्रणालीमा संवाद र वार्ता गर्नुपर्नेछ ।” त्यसका लागि विश्वव्यापी वित्तीय संयन्त्रमा बहस गर्नुपर्ने उनको भनाइ छ ।
सांसद गौतमले सबै राष्ट्रहरूका संसद्बाट यो अनुमोदन हुनु आवश्यक रहेको बताइन । उनले दातृ निकायहरूले विदेशी सहायता कटौती गर्ने सङ्केत दिएकोप्रति चिन्तासमेत व्यक्त गरिन्। “नेपाल जस्तो निम्न आय भएका देशमा यसको गम्भीर असर पर्छ । भाइरसले सिमाना चिन्दैन, रोगले वर्ग हेर्दैन । जबसम्म हरेक राष्ट्र सुरक्षित हुँदैन, तबसम्म कुनै पनि राष्ट्र सुरक्षित हुँदैन”, उनले भनिन् ।
सांसद गौतमले संसद् कार्यपालिकालाई जवाफदेही बनाउने मुख्य अङ्ग भएको भन्दै संसद्को सक्रियताबिना कुनै पनि प्रतिबद्धता प्रभावकारी नहुने बताइन । उनले यस प्रकारको कार्यक्रमले संसद्लाई स्वास्थ्य नीति निर्माणमा औपचारिक स्थान दिन थालेको महसुस भएको धारणा व्यक्त गरिन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ४ : १४ बजे

निर्वाचनका दिन पर्यटक वाहक सवारीका निम्ति अनुमति लिनुपर्ने

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा

बुटवल सुख्खानगरबाट लाखौंको अबैध मदिरा प्रहरी नियन्त्रणमा

बुटवल । बिलबिजक बिना बुटवलको सुख्खानगरको एक गोदाममा अनलोड गर्न

एक लाख छयासी हजार अस्थायी मतदाता कायम

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार

बाँकेमा सात हजार ८९७ किशोरीलाई एचपिभी खोप लगाइयो

नेपालगन्ज । बाँकेमा सात हजार ८९७ जना किशोरीलाई पाठेघरको मुखको

गोरखाको एउटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गोरखा । मुख्य निर्वाचन अधिकृतको कार्यालयले गोरखा सदरमुकामको सिटीहल मतदानस्थलमा