७ आश्विन २०८३, बुधबार | September 23, 2026

संसद तालाबन्दी गरेर ल्याएको अध्यादेश राष्ट्रपतिले अस्वीकार गर्नेछन् : सोविता गौतम



काठमाडौं संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ ।

मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आब्हान नगरेको भन्दै असन्तुष्टी बढदै गएको हो ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसद बैठक आब्हान नगरी अध्यादेश जारी गरेकोमा आपत्ति जनाएकी छिन् ।

‘मुलुकको कानुन निर्माण गर्ने जननिर्वाचित सर्वोच्च संस्था संघीय संसद २०८१ भदौ ३१ गतेदेखि तालाबन्दीमा छ,’ उनको असन्तुष्टी छ, ‘मंसिर मै संसद अधिवेशन आह्वान हुनुपर्ने तर माघको चिसोले पनि सरकारको संवेदनशीलता झक्झक्याउन सकेको छैन।’

उनका अनुसार संसदलाइ पन्छाएर सरकारले अध्यादेशमार्फत सरकार चलाउन लागेको छ । ‘ सरकार संसदलाई पन्छाउँदै अध्यादेशमार्फत शासन सत्ता संचालन गर्दै निरंकुशताको अमूर्त मार्गतर्फ उन्मुख छ,’ उनले भनेकी छिन, ‘हामीलाई विश्वास छ कि सम्माननीय राष्ट्रपतिज्यूले संसद छलेर सरकारले ल्याएका अध्यादेशलाई जारी गर्न अस्वीकार गर्नुहुनेछ।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  १२ : ०५ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई