३१ भदौ २०८३, बुधबार | September 16, 2026

लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो : सोविता गौतम



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ एवं प्रतिनिधि सभा सदस्य सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नयाँ अवाजहरुलाई दमन गरिरहेको आरोप लगाएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गौतमले सरकार अत्याधिक शर्तक, असहिष्णु र उदाउँदै गरेको नयाँ अवाजहरुलाई दमन गर्न उद्दत रहेको बताएकी हुन् । उनले सरकारले जनविश्वास गुमाइसकेको र गम्भीर संकटमा रहेको पनि दाबी गरेकी छन् ।

अहिलेको सङ्कट सरकार आफैंले निम्त्याएको बताउदै सांसद गौतमले भनिन्(

सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो । उदाउँदै गरेका नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पंत्तिमा उभिन सक्थे, उनीहरुलाई झुठा मुद्दा लगाएर दमन गरिरह्यो ।
सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरुलाई होच्याउने, पत्रकारहरुको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरु कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासनका लक्षण हुन् । सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन । त्यसैले लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैं हो । सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ, यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ४६ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०