१२ असार २०८३, शुक्रबार | June 26, 2026

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.लामाको पहलमा हेलम्बुमा बहुमूल्य गुम्बा पुनः निर्माण



हेलम्बु। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ) कोपहलमा हेलम्बुमा हेलम्बुमा बहुमूल्य गुम्बाहरु पुनः निर्माण भएका छन् । पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरु ७२ सालको महाभूकम्पबाट पूर्ण रूपमा भत्किएका थिए ।

पर्यटन क्षेत्रमा मात्र नभई जन्म देखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरुको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरु भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको भन्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको पहलमा गुम्बाहरु पुनः निर्माण भएका हुन् । भुकम्पको १० वर्षपछि थालिएको पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

पर्यटकीय महत्व बोकेका बहुमूल्य गुम्बाहरु समयमा निर्माण नहुदा त्यहाँका स्थानीयहरुले त्यसको प्रत्येक असर भोग्नु परेको थियो ।

निमाणको अन्तिम चरणमा पुगेका गुम्बाहरुको आज उपाध्यक्ष लामा सहित भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिहरुले सिन्धुपाल्चोकको हेलम्बु पुगेर निरीक्षण गरेका छन् ।

भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण ईकाइले आज भन्दा पाँच वर्ष अघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरुको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।

गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भए पनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र  तार्के घ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भएको थियो।

हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् ।

हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार,- ‘चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने र फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ।’

चिरी गुम्बा निर्माण सम्पन्न भए पछि झन्डै १५८ घरधुरी (जजमान) सहभागी भएर वार्षिक झन्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित पुजा सम्पन्न गर्ने स्थानीयले बताए ।

स्थानीयको अनुसार गुम्बा निर्माण पछि विदेशी पर्यटकहरु ध्यान तथा पुजा कार्यक्रममा सहभागी भएर लामो अवधी सम्म यस गाउमा रहेन छन् , जसको कारण पर्यटन प्रबर्द्धन र विकास पुरानै लयमा फर्किने स्थानीयले विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै तार्केघ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ्ग लामाले बताए । उनका अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही आर्टको काम ठेक्का सम्झौतामा छुट भएको कारण केही ढिला भए पनि कोषका उपाध्यक्ष डा.लामाको पहलले केही चन्दा संकलन भएको र भारत सरकारको सहयोग हुने प्रतिबद्धता प्राप्त भएको कारण बाँकी काम केही दिनमै सम्पन्न हुने बताए ।

त्यस्तै शेर्माथाङ गुम्बा निर्माणमा पाँच करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए । उनको अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्षसम्मका पुराना हुन्। यी गुम्बा पुरातत्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलिमानै पुनःनिर्माण भएको छ । अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग बनाइएको गुम्बा भुकम्प प्रतिरोधात्मक हो ।

हाल हेलम्बुका गुम्बाहरुमा साना तथा ठूला गरी पुरातात्त्विक दर्जनौं बुद्धको मूर्ति रहेका छन् । भूकम्पले गुम्बा ढलेपछि मूर्ति तथा महत्वपूर्ण सामग्री सहितको धार्मिक ग्रन्थहरु टहरामा राखिएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ८ : ०५ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३