११ भदौ २०८३, बिहिबार | August 28, 2026

लुम्बिनीको नियमित सरसफाइ गर्न उपाध्यक्ष डा. लामा झाडु बोकेर सडकमा



लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी परिषरको नियमित सरसफाई अभियानको सुरुवात गरेका छन् । उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित झाडु लगाएर सरसफाइ अभियानको शुभारम्भ गरेका हुन् ।

लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित उनले सबै कर्मचारी र  सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरे ।

उनले शनिबार लुम्बिनी गुरुयोजना अन्तर्गत निर्माणाधीन क्षेत्रको इ(रिक्सा मार्फत अवलोकन गरे । लामो समयदेखि विभिन्न समस्याबाट गुज्रिएको लुम्बिनी विकास कोषको अवस्था सुधारका लागि उपाध्यक्ष डा. लामाले स्थलगत निरीक्षण गरेर सुधारको कार्ययोजना निर्माण गरेको समेत जनाए ।

गत महिनादेखि लुम्बिनीमा कर्मचारी युनियनले विभिन्न माग राख्दै आन्दोलन गरेकोमा काठमाडौंस्थित पर्यटन मन्त्रालयमा भएको वार्ताबाट सकारात्मक नतिजासहित सम्पन्न भएपछि उपाध्यक्ष डा. लामा कार्यालयको नियमित कामको फर्किएका हुन् ।

लामो समयसम्म कार्यालयको कामकाजमा देखिएको गतिरोध अन्त्य गर्दै उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषभित्र सुशासन र स्वस्थ प्रशासन कायम गर्ने अभियान सुरु गर्ने बताए । उनले कोषको विकास र गुरुयोजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

लुम्बिनीको संरक्षण र विकासका लागि उपाध्यक्ष लामाको यो पहलले सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ११ : ४४ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि