२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिन सुझाव दिएका हुन् ।

विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गराउँदै नेता कोइरालाले मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए ।

उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए। लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने उनले जिकिर गरे।

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे ।

त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको र कार्यकर्ताहरूलाई महाधिवेशनका लागि दबाब दिन आग्रह समेत गरे।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शनिबार  १ : ०९ बजे

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

हेलिकोप्टरबाट झापा-५ का मतदान केन्द्र घुम्ने बालेनको योजना विवादमा, आयोगले रोक लगायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले

कन्ट्रोल रुमबाट गृहमन्त्रीले निर्वाचनको ‘मनिटरिङ’ गर्दै

काठमाडौं । निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण