४ पुस २०८२, शुक्रबार | December 19, 2025

पाकिस्तानको पञ्जाबमा आँधी : १९ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त



इस्लामाबाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शनिबार परेको भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिसहरू घाइते भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडिएमए) ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो ।

पीडिएमएका अनुसार मृतकहरू प्रायः माटो वा कमजोर संरचनाका घरमा रहेका थिए । ती घरहरूमा पर्खाल वा छाना ढल्यो, जसले मानिसहरूलाई पुरेको थियो । हावाहुरी र असिनाका कारण रूख ढलेका, पर्खाल भत्किएका, प्रचार सामग्री उखेलिएका र सौर्य पानाहरू पनि क्षतिग्रस्त भएका छन् ।

यातायात र हवाई सेवा अवरुद्ध

प्रान्तभर यातायातमा व्यापक असर परेको छ । मौसमको खराबीका कारण धेरै सडक बन्द गरिएको छ । प्रहरीका अनुसार हावाहुरीको जोखिमले मुख्य सडकहरू बन्द गर्नु परेको हो ।

पञ्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ । कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले अत्यधिक हल्लायो । यात्रुहरू आतंकित भएका थिए । हावाको तीव्रताले गर्दा जहाजका चालकले विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए । अन्य धेरै उडानहरूमा पनि ढिलाइ भएको खबर आएको छ ।

थप सतर्कता अपनाउन आग्रह

पीडिएमएले अझै केही दिन मौसम खराब रहने सम्भावना रहेकोले नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।

स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ । सरकारले नागरिकहरूलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ६ : ५८ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा