७ आश्विन २०८३, बुधबार | September 23, 2026

डेङ्गी फैलन नदिन लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाऔँ : स्वास्थ्यमन्त्री पौडेल



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वर्षा सुरु भएसँगै महामारी नियन्त्रणमा सजगता अपनाउन र आवश्यक तयारी थाल्न आग्रह गरेका छन ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखहरुसँगको बैठकमा उहाँले समयमै सजगता अपनाउन र आवश्यक तयारी थालिहाल्न आग्रह गरे । मन्त्री पौडेलले बर्खायाम लागेसँगै देखा पर्नसक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने भन्दै डेङ्गी फैलन नदिन हालैबाट लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउनुपर्ने बताए । उनले भने, “वर्षायाम सुरु भइसकेको छ । पानी तथा कीटजन्य महामारीबाट जोगिन आ-आफ्नो तर्फबाट तयारी थाल्नुहोला । विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेकाले यसपालि त्यो दोहोरिनुभएन ।”

मन्त्री पौडेलले भारतलगायत देशमा कोभिड देखिएकाले सीमा नाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्ने गरी मन्त्रालयले काम अघि बढाइरहेको बताए । उनले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रूपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक आयोजना गर्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : ०७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज