७ आश्विन २०८३, बुधबार | September 23, 2026

सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गर्नुपर्छ : स्वास्थ्यमन्त्री



काठमाडौं । तिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा जवाफ दिँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारका सबै स्वास्थ्य सेवा कार्यक्रमलाई स्वास्थ्य बिमा बोर्डमा एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले सबै स्वास्थ्य कार्यक्रमलाई बिमा बोर्डमा एकीकृत गरेमा सस्तो, सर्वसुलभ र विपन्नलाई निःशुल्क उपचार सुनिश्चित गर्न सकिने बताए।

स्वास्थ्यमन्त्री पौडेलले विभिन्न शीर्षकमा स्वास्थ्य उपचार खर्च विनियोजन भए पनि अपेक्षित परिणाम नआएकाले सम्पूर्ण कार्यक्रम स्वास्थ्य बिमा बोर्डमा समेट्नुपर्ने धारणा राखे। सामाजिक सुरक्षा कोष र सञ्चयकोषमार्फत खर्च भएको रकम पनि बिमा बोर्डमा गाभिनुपर्नेमा उनले जोड दिए।

मन्त्री पौडेलले चालु आवदेखि नसर्ने रोग, मानसिक स्वास्थ्य समस्यालगायत विषयमा समुदायस्तरबाट ‘स्क्रिनिङ’ गरी समयमै रोग पहिचान, रोकथाम, नियन्त्रण र सचेतना बढाउने कार्यक्रम अघि बढाइने जानकारी गराए। उनले बढ्दो व्यक्तिगत व्ययभार कम गर्न स्वास्थ्य सेवा व्यवस्थापन, उपचार, पुनःस्थापना र प्रशामक सेवामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री पौडेलले स्वास्थ्यका विशिष्ट जनशक्ति व्यवस्थापनमा कमजोरी रहेको उल्लेख गर्दै उहाँहरूको दक्षता अभिवृद्धि, उचित निर्वाह भत्ता र उत्पादन वृद्धि गर्न लगानी बढाउनुपर्ने धारणा राखे । उनले यस वर्ष दुई हजार ५०० जनशक्ति थप गर्ने र सरकारी अस्पताललाई ५०० शय्यामा विस्तार गरी क्षमता बढाइने जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  ४ : ०७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज