१० श्रावण २०८३, आइतबार | July 26, 2026

‘सरसफाइ र स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्छ’



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा स्वच्छता कायम राख्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन । उनले सबै राजनीतिक दलहरूका प्रमुख एवं नेताहरूलाई पत्राचार गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता, जलवायु अनुकूल सरसफाइलगायत क्षेत्रमा सहकार्य र समन्वय गर्न आग्रह गरे ।

मन्त्रिपरिषद् र संसद्मा यस विषयलाई उठाउने, सातवटै प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा बैठक आयोजना गर्ने, समावेशी र जलवायु अनुकूल सरसफाइका लागि रणनीति निर्माण गर्ने जनाउँदै मन्त्री यादवले रणनीतिलाई प्रभावकारी कार्यान्वयनमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।

खानेपानी, सरसफाइ तथा स्वच्छताका क्षेत्रलाई राजनीतिक दलहरूले प्राथमिकताको विषय बनाउनुपर्ने भन्दै सबैलाई सहयोगको प्रतिबद्धता जनाउन आग्रह गरे । मन्त्री यादवले मुलुकको सरसफाइ र खानेपानी व्यवस्थामा सुधार ल्याउन सबैले मद्दत गर्ने अपेक्षा व्यक्त गरे ।

“तीनै तहका सरकारबाट आयोजना तथा कार्यक्रम सञ्चालन हुँदा कार्यान्वयनमा दोहोरोपना हुनु, क्षेत्रगत दृष्टिकोण र समन्वयमा कमी, स्रोत परिचालन र कार्यान्वयनमा प्रणालीगत चुनौती, अपर्याप्त वित्तपोषण र कमजोर वित्तीय स्रोत व्यवस्थापनलगायत समस्या सामना गर्न राजनीतिक दलको समन्वय र अग्रसरताको आवश्यकता देखिएको छ”, मन्त्रीद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

सामुदायिक खानेपानी प्रणालीमा लाग्ने कर खारेज गर्न, मन्त्रालयलाई मजबुत बनाउन, खानेपानी तथा सरसफाइ मन्त्रालय गठनको पहल गर्न, मेलम्ची खानेपानीको सेवा काठमाडौंस्थित चन्द्रागिरि नगरपालिकासम्म विस्तार गर्न मन्त्री यादवले सबै राजनीतिक दल तथा सरोकार भएकासँग प्रतिबद्धतासहित सहयोग गर्न आग्रह गरे ।

खानेपानी र सरसफाइलाई मुलुकको दिगो विकासको आधारभूत आधारस्तम्भका रूपमा अघि बढाउन सबै राजनीतिक दलको सक्रिय सहभागिता र प्रतिबद्धता आवश्यक रहेको मन्त्री यादवले बताए । उनले भने, “नागरिकको जीवनस्तर सुधार्न र दिगो विकास लक्ष्य हासिल गर्न खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई राजनीतिक प्राथमिकताको विषय बनाउनुपर्ने आवश्यकता छ ।”

स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता र समावेशी विकासमा प्रत्यक्ष प्रभाव पार्ने यस क्षेत्रको दीर्घकालीन सुधारबिना समृद्ध नेपालको सपना पूरा हुन नसक्ने भएकाले राजनीतिक प्राथमिकताको विषय बनाइनुपर्नेमा मन्त्री यादवले जोड दिए । उनले भने, “खानेपानी तथा सरसफाइमा लगानी वृद्धि र नीतिगत प्रतिबद्धता आवश्यक छ । यसले नागरिकका आधारभूत आवश्यकता पूरा हुनेछन् ।”

मन्त्री यादवले भने, “नेपालले सन् २०३० सम्ममा सबै नागरिकलाई सुरक्षित पानी र सरसफाइको पहुँच पुर्याउने लक्ष्य लिएको भए पनि बजेट, योजना कार्यान्वयनको कमजोरी र राजनीतिक इच्छाशक्तिको अभावले यो लक्ष्यमा चुनौती देखिएको छ ।” खानेपानी र सरसफाइ विकास परियोजनाको विषयमात्र नभएर जनताको अधिकारको विषय भएकाले सङ्घीय सांसद, स्थानीय सरकार प्रमुख, राजनीतिक दल पनि यस विषयमा केन्द्रित हुनु जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ७ : ५९ बजे

दाङको राजपुरमा ढिस्कोले पुरिएर किशोरको मृत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

कपिलवस्तुमा बस-मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियास्थित हुलाकी सडक खण्डमा बस

धर्मेन्द्र प्रधान बाहिरिए, शिक्षा मन्त्रालयको जिम्मेवारी प्रल्हाद जोशीलाई

काठमाडौं । भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा राष्ट्रपति द्रौपदी

ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ”: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई सरकारको

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

काठमाडौं । लमजुङ जिल्ला प्रहरी कार्यालयले मध्यनेपाल नगरपालिका-४, दुर्दीपुलस्थित बौद्धा