२० मंसिर २०८२, शनिबार | December 6, 2025

पूर्व मुख्यमन्त्री गिरीद्वारा तिलोत्तमाको तपाह लाइनमा निर्माणधिन सडकको स्थलगत निरीक्षण



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तरगत योगीकुटीदेखि तपाह लाइन हुँदै बुद्ध सर्किटमा जोडिने निर्माणाधिन सडकको पूर्व मुख्यमन्त्री तथा एमाले नेता लिला गिरीले बुधबार विहान स्थलगत निरीक्षण गरेका छन् । सडक निर्माणमा भएको प्रगति बारे जानकारी लिँदै उनले गुणस्तरीय निर्माणको लागि आग्रह गरे ।

योगीकुटी चोकदेखि वडा नम्बर २, १ र ५ हुँदै बुद्धसर्किट जोडिने सडकमा अक्सफाल पिचसहित भिसेभ नाली, सडक फुटपाथ र रेलिङको काम भइरहेको छ । तिलोत्तमाको आन्तरिक वाईपास सडकको रुपमा रहेको यो सडकका लागि केन्द्र र प्रदेश सरकारको लगानी रहेको छ । जस अन्तरगत उक्त सडकमा गत आर्थिक वर्षमा केन्द्रको बजेट मार्फत ४७० मिटर सडक फुटपाथ, भिसेप नाली र अक्सफाल पिच भएको थियो भने चालू आवमा केन्द्रको बजेटबाट तपाह लाइन सडक खण्ड अन्तरगत पहिलो प्याकेजमा २९५ मिटर र दोस्रो प्याकेजमा १२४ मिटर सडक फुटपाथ, भिसेप नाला र अक्सफाल पिच गर्ने काम पनि सम्पन्न भएको छ ।

चालु आवमा अर्काे प्याकेज अन्तरगत ३८० मिटर फुटपाथ, भिसेप नाली र अक्सफाल पिचको काम जारी रहेको सडक डिभिजन कार्यालय बुटवलका ईन्जिनीयर सरोज आचार्यले जानकारी दिए । अर्काे २ वटा प्याकेज अन्तरगत ८६० मिटर आरसिसी नाली, फुटपाथ र डबल लेन सडक अक्सफाल गर्ने काम पनि जारी रहेको उनले जानकारी दिए । त्यस्तै गरि प्रदेश सरकार मार्फत समेत बुद्वपथ सर्किटदेखि उत्तरतर्फ सडक निर्माणको काम भईरहेको छ ।

सडक निर्माणको स्थलगत निरीक्षणमा पुगेका पूर्व मुख्यमन्त्री गिरीले तिलोत्तमामा बस्ती बढ्दै जाँदा कनेक्टीभिडीलाई पनि जोड्न सडक सञ्जाललाई बिस्तार गर्ने अभियान अघि बढाइएको बताए । बुटवलको सिन्दुर होटलदेखि तिलोत्तमाको योगीकुटी, तपाहलाइन, शारदा स्कूल तथा पश्चिममा सेमलारसम्म आन्तरिक सडकलाई बुद्ध परिपथको रुपमा निर्माण गरी सौन्दर्यकरण गर्ने योजनाकासाथ काम भइरहेको उल्लेख गरे । सडक निर्माणको अवस्था बारे अवलोकन गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा बुटवल उपमहानगरका इन्चार्ज गोपाल रानाले गुणस्तरमा कुनै सम्झौता नगरी काम गर्न निर्माण कम्पनीलाई आग्रह गरे ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  २ : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले