१ असार २०८२, आइतबार | June 15, 2025

पूर्वपतिलाई भेट्न जाँदा मृत्यु उपहार, हत्यापछि पनि सामान्य अवस्थामा सुजन



बुटवल । सम्बन्ध बिच्छेद गरिसकेको पतिसँग पुनः सम्बन्ध स्थापित गर्न खोज्दा बुटवलमा एक महिलाले मृत्यु उपहार पाएकी छन् । अपराधीक कर्मका पटके पतिले आफ्नै पूर्व पत्नी सहित अर्को श्रीमानबाट जन्मेका २ छोरीहरुको समेत विभत्स हत्या गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक बुधबार बिहान भएको एकै परिवारका तीन सदस्यको विभत्स हत्याले पूर्व पति पत्नीबीचको सम्बन्धमाथि प्रश्नहरु उब्जाइदिएको छ, भने अपराध कर्म गरेकाहरुलाई राज्यले दिने गरेको आम माफी प्रति पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ ।

बुटवलको ब्यस्त बजार खण्ड होराएजन चोकको मिलिनुली पथमा रहेको ‘सुजन निवास’ भनेर लेखिएको घरमा ३५ वर्षीया दिपा बस्याल, उनकी ७ वर्षीया छोरी स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको विभत्स तरिकाले एक चिहान बनाइएको छ । प्रहरीका अनुसार तीनै जनाको घाँटी रेटिएको अवस्थामा एउटै ओछ्यानमा शव फेला परेको छ । घटनामा संलग्न रहेको भनिएका मृतक दिपाका पूर्वपति सुजन कोइरालाले हाँसिखुसी प्रहरीलाई गिरफ्तारी दिएका छन् ।

दाजुको हत्यामा सजाँय भोग्दै गरेका सुजनलाई राज्यले आम माफी दिएको थियो

अभियुक्त सुजन कोइरालाले गरेको यो नै पहिलो अपराध भने होइन । सुजनको विगत पनि आपराधिक रहेको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार उनले वि.सं. २०६९ मा आफ्नै माहिला दाजु सुदिप कोइरालाको हत्या गरेका थिए । त्यस अभियोगमा उनी २०६९ माघ २४ मा कारागार चलान भएका थिए । लामो समय जेल जीवन बिताएपछि वि.सं. २०७८ असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिको आममाफी पाएपछि उनी जेलमुक्त भएका थिए ।

जेलमुक्त भएपछि सुजनले घरमै हस्तकलाका सामग्री तयार पार्ने र विक्री गर्ने व्यवसाय गर्दै आएका थिए । छिमेकीहरूसँग उनको व्यवहार सामान्य देखिएपनि एकाएक विभत्स हत्याले सुजनको वास्तविक अनुहार उजागर गरिदिएको छ । हिजो रातीसम्म समान्य देखिएका सुजनको कर्मले समाजको मन मस्तिस्क हल्लाइउदएको छ ।

पूर्वपत्नीसंग अघिल्लोदिन घुमफिर, अर्कोदिन बिहानै हत्या

प्रहरी अनुसन्धानका अनुसार मंगलबार दिउँसो दिपा दुई छोरीसहित सुजनको घर आएकी थिइन् । दिनभरी दिपा सुजनसँगै रुपन्देहीकै दानापुर तालमा घुमेर साँझ फर्किएका थिए । राती सुजनकै घरमा बास बसेका दीपा र उनका छोरीहरुले बुधबारको बिहान भने हेर्न पाएनन् । बुधबार बिहान करिब ४ बजेतिर सुजनले दानबिय तरीकाले दीपा र २ अबोध बालिकाहरुको हत्या गरेको प्रहरीको भनाई छ ।

सुजनले दिपालाई घरबाट ननिस्कने अडान लिएपछि हत्या गरेको प्रहरी समक्ष सबिकी बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको अवलोकनमा दिपाको टाउकोमा गहिरो चोट देखिएको र त्यसपछि घाँटी रेटिएको अवस्थामा शव भेटिएको प्रहरी बताउँछ । त्यसपछि, घटनाको खुलासा नहोस् भनेर उनका दुई छोरीको पनि पालैपालो हत्या गरिएको हो ।

प्रहरीले घटनाको जानकारी भने अर्जुन रञ्जनबाट पाएको थियो । प्लम्बर तथा इलेक्ट्रिकल मर्मत गर्ने अर्जुनलाई सुजनले अघिल्लो दिन नै बिहान ६ बजे कामको लागि बोलाएका थिए । जब उनी सुजनको घर पुगे, त्यहाँ देखिएको दृश्यले अर्जुन आतंकित बने । रगतपिच्छे शवहरू देखेपछि उनी सिधै देवीनगर प्रहरी चौकीमा गएर जानकारी गराए ।

उनको सूचनापछि मात्र प्रहरी घटनास्थलमा पुगेर अनुसनधान थालेको हो । प्रारम्भिक चरणमा अर्जुनसंग पनि प्रहरीले सोधपुछ गरेको जनाएको छ । सो घटनाबो ईलाका प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको उपस्थितिमा घटनाको अनुसन्धान अगाडि बढाइएको छ ।

सम्बन्ध बिच्छेद पछि पनि पुनः जोडिएको सम्बन्ध

दिपा बस्याल मूलतः पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ की बासिन्दा हुन् । उनी हाल माइतीमै बसेर स्वास्थ्यकर्मीको रूपमा कार्यरत थिइन् । सुजनसँग प्रेम विवाह भएको भए पनि सुजनको आपराधिक पृष्ठभूमि र कडा रिस भएको थाहा पाएपछि सम्बन्ध विच्छेद गर्दै नवलपुर कावासोतीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन् । शंकरबाट दीपाले दुई छोरी समेत जन्माएकी थिइन् । शंकर हाल युएईमा रोजगारीमा छन्। हत्या गरिएका दुई छोरीहरू दोस्रो विवाहबाट जन्मिएका हुन् ।

दीपा आखिर किन फेरि सुजनको सम्पर्कमा गइन् ? परिवारका सदस्यहरु अनुत्तरित छन् । हत्या भएको दिन उनी बुटवल एक पारिवारिक विवाह समारोहमा आउनुपर्ने थियो । तर उनी दोस्रो पतिका छोरीहरु लिएर सिधै सुजनको घर गइन्, जहाँ उनी सहित छोरीहरुको जीवन पनि समाप्त भयो ।

“उनी फेरि सुजनको सम्पर्कमा कसरी आइन् हामीले बुझ्न सकेका छैनौँ । हामीलाई त उहाँ भान्जीको विवाहमा आउनुभएको हो भन्ने थाहा पाएका थियौं, तर अर्कैको घर गइन् भन्ने थाहा पाउँदा हामी स्तब्ध भयौँ ।” दीपाकी दिदी मञ्जु अर्यालले भनिन् ।

हत्यापछि पनि समान्य सुजन

विभत्स हत्या भएकै बिहान पनि सुजन समान्य अवस्थामा छिमेकीहरुसँग घर आगनमा गफिएका थिए ।
आफुलाई देखिपछि समान्य अवस्थामा नै नमस्ते भनेको स्थानीय पदमा रानाले बताइन् । आफुसँग कुरा भएको केहीबेरमा नै प्रहरी आएपछि भने खतरनाक अवस्था देखिएको उनले बताइन् ।

प्रहरी नायव उपरीक्षक रानाका अनुसार प्रहरीले अभियुक्तसँग सम्पर्क भएका माध्यमहरू, पछिल्लो समयको सम्बन्ध र हत्या गर्न प्रेरित कारणबारे प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ६ : २१ बजे

आजको मौसम : कोशी, मधेस, बागमती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग

अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

वासिंगटन डिसी। अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको

सभामुख घिमिरेले बोलाए प्रमुख दलका सचेतकहरूको बैठक

काठमाडौं । संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले

आज जयतु संस्कृतम् दिवस

काठमाडौं । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

बङ्गलादेशमा व्यावसायिक रूपमा विद्युत् निर्यात सुरु : मन्त्री खड्का

काठमाडौर. । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष नेपालबाट भारतीय प्रसारण