२४ भदौ २०८३, बुधबार | September 9, 2026

राप्तीसोनारीमा आधारभूत पत्रकारिता तालिम सुरु



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा राप्तीसोनारी गाउँपालिकाको आर्थिक सहयोगमा बुधवारदेखि तीन दिने तालिम सुरु भएको महासंघका सचिव कृष्ण ओलीले जानकारी दिए ।

तालिमको शुभारम्भ गर्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले मुलुक परिवर्तनमा नेपाली पत्रकारिताहरुको योगदान महत्वपूर्ण रहेको बताए । यो तालिमले स्थानीय सरकारको सुशासन र जवाफदेहिता उजागरमा भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । उनले चौतर्फी नकारात्मक प्रवृत्ति बढिरहेका बेला पत्रकारिताका माध्यमबाट सकारात्मक सन्देश प्रवाहका भूमिका खेल्न पनि आग्रह गरे ।

पछिल्लो समय नकारात्मक प्रवृत्तिको पीडा जनप्रतिनिधिले खेप्दै आएको पनि उनले गुनासो सुनाए । उनले तथ्यपरक आलोचना गर्न सुझाव दिए । तर पूर्वाग्रही भएर आलोचना गर्नु पत्रकारिताको आचारसंहिताभित्र नपर्ने उनले बताए । उनले आगामी आर्थिक वर्षका लागि सञ्चार नीतिका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए ।

यस्तै राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले पालिकाले गर्दै आएका सकारात्मक कामहरुलाई पनि मिडियामार्फत प्रचार गरिदिन आग्रह गरिन् । उनले नकारात्मक कुरामात्र नभएर सकारात्मक कुराहरु पनि मिडियाहरुले उठाउनुपर्ने सुझाव दिइन् ।

यस्तै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले स्थानीय तहमा पत्रकारहरुको उत्पादनमा जोड दिएर आधारभूत पत्रकारिता तालिम प्रदान गर्न लागिएको बताए । उनले तालिममा सहभागिहरुलाई नागरिक पत्रकारिताको माध्यमबाट पत्रकारिताको भूमिका निर्वाह गर्न सक्ने पनि बताए । उनले पत्रकारिताको सीप सिकेर मर्यादित पत्रकारिताको अपेक्षा समेत गरे । उनले स्थानीय सञ्चार नीति निर्माणका लागि भूमिका खेल्न पालिकासँग आग्रह गरे ।

पहिलो दिन पत्रकार शंकर खनाल र अर्जुन ओलीले प्रशिक्षण दिएका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ६ : ४१ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ