१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

नेपाली व्यवसायीलाई विदेशमा लगानी गर्न छुट



काठमाडौं । सरकारले नेपाली नागरिकलाई विदेशमा लगानी गर्न दिनेभएको छ ।

आर्थिक वर्ष २०८२/८३को वार्षिक बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाली निर्यातकलाई कुल निर्यातको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न दिइने जानकारी गराएका हुन् । हालसम्म नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध छ ।

अर्थमन्त्रीले भने, ‘नेपालबाट विदेशमा विक्री वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना निर्माण गर्न अनुमति दिइनेछ । यसका लागि निर्यातबाट हुने २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’

अर्थमन्त्री पौडेलले विदेशमा गरेको लगानीबाट आर्जन हुने मुनाफाको ५० प्रतिशत देशभित्र फिर्ता गर्नुपर्ने व्यवस्था गरिने जनाए । विदेशमा गरिने लगानी स्वीकृति लगानी बोर्डले गर्नेछ ।

नेपालका उद्योगी व्यवसायीहरुले लामोसमयदेखि विदेशमा लगानी गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : १४ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल