९ चैत्र २०८२, सोमबार | March 23, 2026

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू गर्न एमालेको सर्कुलर



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनेरास्ववियु २४औँ महाधिवशेनमा ३२ वर्षे उमेर हद लागू गर्न सर्कुलर (परिपत्र) जारी गरेको छ ।

महासचिव शङ्कर पोखरेलले अनेरास्ववियुका इन्चार्ज किशोरविक्रम मल्ललाई परिपत्र गर्दै यही जेठ २५ गतेदेखि हुने महाधिवेशनमा नै उमेर हद ३२ वर्ष लागू गर्न निर्देशन दिएका हुन् । मल्लले महासचिव पोखरेलको परिपत्र आज प्राप्त भएकाले आसन्न महाधिवशेनबाट उमेर हद लागू गर्ने जानकारी दिए।

एमालेको यही जेठ ११ गते बसेको सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हद तोक्ने निर्णय गरेका थियो । परिपत्रमा भनिएको छ, “३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्थाअनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने, यसरी निर्वाचित भएका पदाधिकारी र सदस्यहरु अर्को महाधिवेशन नभएसम्म पदमा कायम रहन सक्नेछन् ।”

परिपत्रमा ३२ वर्षे उमेर हदसम्बन्धी व्यवस्था सङ्गठनका सबै तहका कमिटीमा लागू हुनेगरी विधानमा आवश्यक व्यवस्था मिलाउनसमेत भनिएको छ ।

यसअघि नेपाल विद्यार्थी सङ्घले र अनेरास्ववियु (क्रान्तिकारी)ले ३२ वर्ष उमेरहद तोकेका थिए । एमालेले राष्ट्रिय युवा सङ्घमा ४० वर्षे उमेरहद तोकेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा २८ वर्षे उमेर हद तोकिएको छ ।

अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौंमा तोकिएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ३ : ५९ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा