१५ भदौ २०८३, सोमबार | August 31, 2026

सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ङ्घीय आय बढेको र सङ्घीय खर्च घटेकाले सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार भएको छ ।

यस अवधिमा अनुदानसहितको सङ्घीय सरकारको समग्र वित्त सन्तुलन ५४ दशमलव ३ प्रतिशतले सुधार भई रु एक खर्ब ४४ अर्ब २४ करोडले घाटामा रहेको बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा २०८१/८२ मा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको प्राथमिक सन्तुलन ७४ दशमलव ४ प्रतिशतले सुधार भई रु ६२ अर्ब १४ करोडले घाटामा छ । त्यसैगरी, यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा (वित्तीय सम्पत्तिको खुद प्राप्तिसहित) ४६ दशमलव ८ प्रतिशतले सुधार भई रु एक खर्ब ८५ अर्ब ९४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको बजेट घाटा १८ दशमलव ० प्रतिशतले सुधार भई रु चार खर्ब नौ अर्ब २३ करोड रहेको छ । “आर्थिक वर्ष २०७९/८० मा रु एक खर्ब ५७ अर्ब ४५ करोडले घाटामा रहेको सङ्घीय सरकारको राजस्व सन्तुलन रु आठ करोडले मात्र घाटामा रहेको छ । सङ्घीय सरकारको चालु खर्च ६ दशमलव ३ प्रतिशतले घटेको र सङ्घीय राजस्व ११ दशमलव ४ प्रतिशतले बढेकाले राजस्व सन्तुलनमा उल्लेख्य सुधार भएको छ”, आर्थिक सर्बेक्षणमा भनिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सङ्घीय सरकारको समग्र वित्त घाटा (अनुदानबाहेक) २ दशमलव ९५ प्रतिशत, समग्र वित्त घाटा (अनुदानसहित) २ दशमलव ५३ प्रतिशत र वित्त घाटा (वित्तीय सम्पत्तिको खुद प्राप्तिसहित) ३ दशमलव २६ प्रतिशत रहेको छ । त्यसैगरी, प्राथमिक घाटा १ दशमलव ०९ प्रतिशत र बजेट घाटा ७ दशमलव १७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ४ : ४२ बजे

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका