१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा ङ्घीय आय बढेको र सङ्घीय खर्च घटेकाले सङ्घीय सरकारको समग्र वित्त स्थितिमा सुधार भएको छ ।

यस अवधिमा अनुदानसहितको सङ्घीय सरकारको समग्र वित्त सन्तुलन ५४ दशमलव ३ प्रतिशतले सुधार भई रु एक खर्ब ४४ अर्ब २४ करोडले घाटामा रहेको बिहीबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणमा २०८१/८२ मा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको प्राथमिक सन्तुलन ७४ दशमलव ४ प्रतिशतले सुधार भई रु ६२ अर्ब १४ करोडले घाटामा छ । त्यसैगरी, यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा (वित्तीय सम्पत्तिको खुद प्राप्तिसहित) ४६ दशमलव ८ प्रतिशतले सुधार भई रु एक खर्ब ८५ अर्ब ९४ करोड रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकारको बजेट घाटा १८ दशमलव ० प्रतिशतले सुधार भई रु चार खर्ब नौ अर्ब २३ करोड रहेको छ । “आर्थिक वर्ष २०७९/८० मा रु एक खर्ब ५७ अर्ब ४५ करोडले घाटामा रहेको सङ्घीय सरकारको राजस्व सन्तुलन रु आठ करोडले मात्र घाटामा रहेको छ । सङ्घीय सरकारको चालु खर्च ६ दशमलव ३ प्रतिशतले घटेको र सङ्घीय राजस्व ११ दशमलव ४ प्रतिशतले बढेकाले राजस्व सन्तुलनमा उल्लेख्य सुधार भएको छ”, आर्थिक सर्बेक्षणमा भनिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कूल गार्हस्थ्य उत्पादनको अनुपातमा सङ्घीय सरकारको समग्र वित्त घाटा (अनुदानबाहेक) २ दशमलव ९५ प्रतिशत, समग्र वित्त घाटा (अनुदानसहित) २ दशमलव ५३ प्रतिशत र वित्त घाटा (वित्तीय सम्पत्तिको खुद प्राप्तिसहित) ३ दशमलव २६ प्रतिशत रहेको छ । त्यसैगरी, प्राथमिक घाटा १ दशमलव ०९ प्रतिशत र बजेट घाटा ७ दशमलव १७ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ४ : ४२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले