७ आश्विन २०८३, बुधबार | September 23, 2026

देशमै सम्भावना खोज्न अध्यक्ष ढकालको आग्रह



काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवालाई आफ्नै देशमा सम्भावना खोज्न आग्रह गरेका छन ।

आजदेखि यहाँ सुरु भएको नेपाल जेसीज युवा समिट तथा नेपाल जेसीज क्षेत्र ‘ग’ सम्मेलन २०८२ उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपाल सम्भावनाको देश रहेकाले यहाँ केही छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ढकालले हातमा सीप भएका र केही गर्छु भन्ने जाँगर भएकालाई लगानीको लागि बैंक तथा वित्तीय संस्थाहरु र अन्य सहकार्यका लागि साझेदारहरु रहेको बताए । “म भन्छु, नेपालमा जति सम्भावना अन्त कतै छैन । इमान्दारिताको साथ काम गरे नेपालमा हरेक क्षेत्रमा सम्भावना छ । ती सम्भावना उजागर गर्न सक्नुपर्दछ । हामीले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्दै यही माटोमा सम्भावना खोज्नुपर्दछ”, उनले भने ।

युवा शक्ति देशको मेरुदण्ड भएको र नेपालको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने १८ देखि ४० वर्ष उमेर समूहका युवा ऊर्जा, जोश, सिर्जनशीलता र नवीन सोचले भरिपूर्ण रहेकाले जेसीजले युवालाई नेतृत्व, व्यक्तित्व विकाससँगै उद्यमशीलताको क्षेत्रमा अगाडि बढाउँदै लैजानुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ७ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज