२० मंसिर २०८२, शनिबार | December 6, 2025

इन्टर मिलानविरूद्ध सानदार जित निकाल्दै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि



काठमाडौं । युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले जितेको छ । पीएसजीको पहिलोपटक जित्दै इतिहास बनाएको छ । पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५-० को एकपक्षीय नतिजा निकाल्दै हराएको हो । त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १/१ गोल गरे ।

कुनै बेला च्याम्पिएन्स लिगको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो ।

एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए । संयोग कस्तो भने रियलले यो उपाधि रक्षा गर्न चुकेको सिजन पीएसजीले इतिहास बनाएको हो ।

उपाधि यात्राका क्रममा नकआउट चरणमा लिभरपुललाई हराउँदै पीएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । पीएसजी यसअघि सन् २०२० मा पनि फाइनल पुगेको थियो ।

त्यसबेला फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पीएसजीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपटक प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले लिग १ र फ्रेन्च कप जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । इनरिकले बार्सिलोना पछाडि एकै सिजन तीन उपाधि चुम्ने अर्को रेकर्ड बनाएका छन् ।

च्याम्पियन्स लिगको उपाधि यात्रामा पीएसजीले लिभरपुल, एस्टन भिला र आर्सनल जस्ता सशक्त टोलीलाई पराजित गरेका थियो । यो पीएसजीको पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधि हो । मार्सेपछि पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रान्सेली क्लब बनेको छ।

इन्टर मिलान फेरि अभागी सावित भएको छ । यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको उसले सन् २०२२ मा म्यानचेस्टर सिटीसँग फाइनल गुमाएको थियोे ।

यसपटक, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा, इन्टरले फेएनोर्ड, बायर्न म्युनिख, र बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा बार्सिलोनासँग ६-६ को समग्र स्कोरपछि अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीको गोलले इन्टरलाई फाइनलमा पुर्‍याएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ७ : ४० बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति