१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

इन्टर मिलानविरूद्ध सानदार जित निकाल्दै पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि



काठमाडौं । युइएफए च्याम्पियनसिपको उपाधिका फ्रेन्च क्लब पेरिस सेन्टजर्मेन (पीएसजी) ले जितेको छ । पीएसजीको पहिलोपटक जित्दै इतिहास बनाएको छ । पीएसजीले इटालियन क्लब इन्टर मिलानलाई ५-० को एकपक्षीय नतिजा निकाल्दै हराएको हो । त्यस क्रममा डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया र सेनी मायुलुले समान १/१ गोल गरे ।

कुनै बेला च्याम्पिएन्स लिगको उपाधि जित्न लियोनल मेस्सी, नेयमार र किलियन एम्बाप्पेलाई एकसाथ खेलाएको पीएसजीले ती तीनैजना खेलाडीले छाडेपछि इतिहास रचेको हो ।

एम्बाप्पे गत सिजन मात्रै पीएसजीबाट रियल मड्रिडमा आवद्ध भएका थिए । संयोग कस्तो भने रियलले यो उपाधि रक्षा गर्न चुकेको सिजन पीएसजीले इतिहास बनाएको हो ।

उपाधि यात्राका क्रममा नकआउट चरणमा लिभरपुललाई हराउँदै पीएसजीले फाइनलमा स्थान सुरक्षित गरेको थियो । पीएसजी यसअघि सन् २०२० मा पनि फाइनल पुगेको थियो ।

त्यसबेला फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको पीएसजीले उपविजेतामा चित्त बुझाउनु परेको थियो । यसपटक प्रशिक्षक लुइस एनरिकको नेतृत्वमा रहेको टोलीले लिग १ र फ्रेन्च कप जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । इनरिकले बार्सिलोना पछाडि एकै सिजन तीन उपाधि चुम्ने अर्को रेकर्ड बनाएका छन् ।

च्याम्पियन्स लिगको उपाधि यात्रामा पीएसजीले लिभरपुल, एस्टन भिला र आर्सनल जस्ता सशक्त टोलीलाई पराजित गरेका थियो । यो पीएसजीको पहिलो युरोपेली च्याम्पियन्स लिग उपाधि हो । मार्सेपछि पीएसजी च्याम्पियन्स लिगको उपाधि जित्ने दोस्रो फ्रान्सेली क्लब बनेको छ।

इन्टर मिलान फेरि अभागी सावित भएको छ । यसअघि तीन पटक (१९६४, १९६५, २०१०) च्याम्पियन्स लिग जितेको उसले सन् २०२२ मा म्यानचेस्टर सिटीसँग फाइनल गुमाएको थियोे ।

यसपटक, प्रशिक्षक सिमोने इन्जाघीको नेतृत्वमा, इन्टरले फेएनोर्ड, बायर्न म्युनिख, र बार्सिलोनालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सेमिफाइनलमा बार्सिलोनासँग ६-६ को समग्र स्कोरपछि अतिरिक्त समयमा डाभिडे फ्राट्टेसीको गोलले इन्टरलाई फाइनलमा पुर्‍याएको थियो ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ७ : ४० बजे

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’