३० पुस २०८२, बुधबार | January 14, 2026

‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय



भोजपुर । भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।

नेवार समुदायमा प्रचलित धिमे बाजालाई जोगाइराख्न नेवाः मिसा दबुको आयोजनामा एकमहिने तालिमको आयोजना गरिएको संस्थाकी अध्यक्ष अवनी शाक्यले बताइन । नयाँ पुस्तामा धिमे बाजाका बारेमा जानकारी गराउँदै यसतर्फ प्रोत्साहन गर्न यो तालिमको आयोजना गरिएको उनको भनाइ छ ।

धिमे बाजा नेवार समुदायमा हरेक शुभकार्यमा बजाइने चलन रहँदै आएको छ । प्रशिक्षक प्रेम शाक्यले सबै मिलेर आफ्ना बाजा, वेशभूषा, संस्कार र संस्कृति जीवन्त राख्न आवश्यक भएको बताए । उनले भने, “आफ्नो संस्कार र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई पनि सीप र कला हस्तान्तरण गर्न यस्ता प्रशिक्षण जिल्ला तहमा महत्त्वपूर्ण हुनेछन् ।”

युवा पुस्ताले चासो नदिए संस्कृति नै हराउने जोखिम बढेको छ । विगतदेखिका कला, संस्कृति र परम्परा जोगाउन आफूले युवाहरूलाई प्रोत्साहन गर्दै आएको अध्यक्ष शाक्यले बताए । पन्ध्र जनाको सहभागितामा आयोजित प्रशिक्षणले धिमे बाजाको ज्ञानसहित आफूहरूलाई सो बजाउने चरणबद्ध तरिकासमेत आएको प्रशिक्षणका सहभागी निलेस प्रधानले बताए । “मलाई धिमे बाजाका बारेमा ज्ञान थिएन, एक महिनाको तालिम लिएपछि अब बजाउन पनि आउँछ”, उनले भने ।

धिमे बाजा नेवार समुदायमा नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा बजाउने गरिन्छ । नयाँ पुस्तामा सांस्कृतिक ज्ञान र सीप हस्तान्तरण नहुँदा संस्कृति लोप हुने अवस्थामा पुग्ने भएकाले यसलाई जोगाउन जरुरी रहेको नेवार समुदायका अगुवाहरूको भनाइ छ । पुराना संस्कार र संस्कृतिको जगेर्नामा नगरपालिकाले पनि सहयोग गर्दै आएको भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले बताए ।

नेपाली संस्कार र संस्कृति अमूल्य सम्पत्ति भएकाले सबै भाषा, धर्म र संस्कृतिको संवर्द्धन जरुरी रहेको नगरप्रमुख आलेको धारणा छ । प्रशिक्षणका क्रममा आर्जन गरेका सीप व्यवहारमा उतार्न जरुरी रहेको उल्लेख गर्दै नगरप्रमुख आलेले धिमे बाजा केवल बाजामात्र नभएर मौलिक संस्कृति र पहिचान भएको बताए । नेवाः मिसा दबु भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सञ्चालित एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आइतबार  ७ : ४९ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

विशेष महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व घोषणा गरिँदै

काठमाडौँ । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो

कांग्रेस विभाजन हुन्न : महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्य र विवेकको

रवि विरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने विरुद्धका रवि विरुद्ध

अभियन्ता सुमन सायमिलाई पार्टीमा भित्र्याउँदै प्रचण्डद्वारा काठमाडौं-८ को उम्मेदवार घोषणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी