१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

नेपाल बुद्धिजीवी परिषदको अध्यक्षमा गजेन्द्र थपलिया निर्वाचित



काठमाडौं । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्को अध्यक्षमा इञ्जिनियर गजेन्द्र प्रसाद थपलिया निर्वाचित भएका छन्।

हालै सम्पन्न ११औं राष्ट्रिय अधिवेशनले थपलियाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

परिषद्को ९६ पदमा सर्वसम्मत चयन भए पनि अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा निर्वाचन प्रक्रिया अपनाइएको थियो। अध्यक्ष पदमा थपलियाले १४४ मत प्राप्त गर्दै विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी डा. दिपेन्द्र भण्डारीले १०४ मतमा सिमित भए ।

उपाध्यक्षमा गोविन्द्र शाही १५३ मतसहित विजयी हुदाँ बिपिन कुमार चित्रकारले १०२ मतमा चित्त बुझाए भने सचिव पदमा भने डा. अर्जुन कुमार सिंहले ९६ मत ल्याउँदा प्राडा इश्वरी कडरियाले १६१ मत प्राप्त गरेर निर्वाचित भए ।

महिला उपाध्यक्ष राधा अधिकारी, महासचिव डा। दिपेन्द्र श्रेष्ठ, उपमहासचिव सुशील विक, विदेशी मामिला सचिव डा. लाक्पा शेर्पा, प्रचार सचिव डा. टीका ढकाल तथा आर्थिक सचिव कृष्णकुमार लम्साल सर्वसम्मत चयन भएका पदाधिकारी हुन्।

थपलियाले निर्वाचन पछिको मन्तव्यमा आफू बुद्धिजीवी वर्गको विवेकपूर्ण निर्णयबाट नेतृत्वमा पुगेको बताएका छन्। परिषद् आफ्नो परिवारभन्दा पनि प्रिय भएको उल्लेख गर्दै उनले सबैको साथ र विश्वासप्रति आभार व्यक्त गरे।

निवर्तमान अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले परिषद्ले पछिल्ला वर्षहरूमा विचार, बहस र नीतिगत हस्तक्षेपमार्फत मुलुकको राजनीतिक तथा सामाजिक क्षेत्रलाई प्रभाव पार्ने प्रयास गरेको बताए। अब नेतृत्व परिवर्तनसँगै त्यो भूमिका अझै सशक्त र संस्थागत बन्नुपर्नेमा उनले जोड दिए।

परिषद्को उद्घाटन कार्यक्रम एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ०० बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल