१० पुस २०८२, बिहिबार | December 25, 2025

यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्‍याउने प्रयास जारी



काठमाडौं । सरकारले यातायात क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नेगरी अहिले राति राति छलफल जारी राखेको छ । आज बिहान ८ बजेदेखि सरकारी प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएकामा अहिले निष्कर्षमा पुर्‍याउनेगरी सरकारी प्रतिनिधिको प्रयास जारी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी बैठकलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल चलिरहेको सरकारकातर्फबाट छलफलमा सहभागी गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए । उनले भने, “वार्ता टुङ्याउने गरी अहिले राति पनि छलफल गरिरहेका छौँ, केही निकास आउने आशा छ ।”

यसअघि आज बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी छन् ।

यातायात व्यवसायीहरूले पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोली छलफलका लागि बनाएको थियो । सोही टोलीबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो । त्यसपछि दुवै पक्षका वार्ता टोलीका प्रतिनिधिबीच यातायात मन्त्रालयमा सुरु भएको छलफल अहिले पनि जारी रहेको हो ।

छलफलमा सहभागी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वार्ता सकेर पुनःभोलि बस्ने भनेर निस्किए पनि सरकारी टोलीले बोलाएपछि फेरि वार्ता सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : १३ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी । उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

रवि-बालेन वार्तास्थलमा नाटकीय मोड : अमरेश सिंह पुगे, सुधन गुरुङले लगाए ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय

निर्वाचनको वातावरण बनाउन सरकार जिम्मेवार हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि