७ आश्विन २०८३, बुधबार | September 23, 2026

यातायात व्यवसायीसँगको छलफल निष्कर्षमा पुर्‍याउने प्रयास जारी



काठमाडौं । सरकारले यातायात क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नेगरी अहिले राति राति छलफल जारी राखेको छ । आज बिहान ८ बजेदेखि सरकारी प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच छलफल भएकामा अहिले निष्कर्षमा पुर्‍याउनेगरी सरकारी प्रतिनिधिको प्रयास जारी छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी बैठकलाई निष्कर्षमा पुर्‍याउने गरी छलफल चलिरहेको सरकारकातर्फबाट छलफलमा सहभागी गृहमन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले जानकारी दिए । उनले भने, “वार्ता टुङ्याउने गरी अहिले राति पनि छलफल गरिरहेका छौँ, केही निकास आउने आशा छ ।”

यसअघि आज बिहान ८ बजे गृहमन्त्रालयमा बसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । उक्त टोलीमा सरकारका तर्फबाट आठ जना प्रतिनिधि सहभागी छन् ।

यातायात व्यवसायीहरूले पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोली छलफलका लागि बनाएको थियो । सोही टोलीबीच गृहमन्त्रालयमा भएको वार्तापछि मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको थियो । त्यसपछि दुवै पक्षका वार्ता टोलीका प्रतिनिधिबीच यातायात मन्त्रालयमा सुरु भएको छलफल अहिले पनि जारी रहेको हो ।

छलफलमा सहभागी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले वार्ता सकेर पुनःभोलि बस्ने भनेर निस्किए पनि सरकारी टोलीले बोलाएपछि फेरि वार्ता सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ११ : १३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई