२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलको वडा नम्बर १२ र १३ मा लालपूर्जाविहिन जग्गाको नापजाँच शुरु



बुटवल । बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम शुरु भएको छ ।

बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।

बुटवलका वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरुको नापजाँचका लागि बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलका लालपूर्जाविहिन जग्गाहरुको नापजाँच गरी साउनभित्रै लालपूर्जा वितरण गर्ने गरी नापजाँच शुरु भएको बताए ।

उनले यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घरघडेरीको नापजाँच सकिएको र त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपूर १०० जति घरघडेरीको नापजाँच भइसकेको बताए ।

प्रक्रिया पूरा भएका जग्गाहरुको लालपूर्जा दिने तयारीका साथ बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको उनले बताए ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको क्रियाशीलताका कारण सबैभन्दा शुरुमा बुटवलमा लालपूर्जा वितरण हुने गरी काम भइरहेको बताए । उनले प्रक्रिया पूरा भएका घरघडेरीको लालपूर्जा दिने गरी काम अगाडि बढेको बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले लालपूर्जाविहिन जग्गाहरुको नापजाँचमा वडाबाट पूर्ण रुपमा सहजीकरण हुने र कुनै विवाद नगरी नापजाँच अगाडि बढ्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायणप्रसाद पुनले लालपूर्जा नपाएका घरधनीहरुलाई पूर्जा दिने गरी शुरु भएको काममा सबैको साथ र सहकार्य जरुरी रहेको बताए ।

बुटवल १२ र १३ मा बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटिएको र डिजिटल नापी भएका कारणले कुनै समस्या नआउने गरी नापजाँच हुने बुटवल उपमहानगरपालिका नापी शाखाका त्रिदेव बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १० : १० बजे

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त