३२ असार २०८३, बिहिबार | July 16, 2026

भूकम्पलगत्तै पाकिस्तानको जेलबाट २१६ कैदी फरार



इस्लामवाद । सोमबार राति पाकिस्तानको कराचीस्थित मालिर जेलबाट २१६ कैदीहरू भागेका छन् ।

जेल प्रशासनका अनुसार कराचीमा भूकम्पको झट्का पछि सावधानी अपनाउँदै कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो । यस अवसरको फाइदा उठाउँदै कैदीहरू मुख्य ढोकाबाट भागेको जियो न्यूजले भनेको छ ।

यी मध्ये करिब ८० कैदीहरू फेरि पक्राउ परेका र अरु १३५ कैदी अझै फरार रहेको बताइएको छ । जेलका सुपरिटेन्डेन्ट अरशद शाहले मंगलबार बिहान यो कुरा पुष्टि गरेका हुन् ।

यसअघि धेरै मिडिया रिपोर्टहरूमा पर्खाल भत्काएर कैदीहरू भागेको भनेका थिए । प्रशासनले कुनै पनि पर्खाल नभेटिएको स्पष्ट पारेको छ, भागदौडको बीचमा सबै कैदीहरू मुख्य ढोकाबाट भागेका थिए । भूकम्पपछि ७०० देखि १००० कैदीहरूलाई ब्यारेकबाट बाहिर निकालिएको थियो । हडबडी मच्चिरहँदा १०० भन्दा बढी कैदीहरू मुख्य ढोकातिर धक्का मुक्की गरेर भागेको गृहमन्त्री लन्जारले भनेका छन् ।

कारागार प्रशासनका अनुसार खोजी कार्य अझै जारी छ । यस कारबाहीमा विशेष सुरक्षा एकाइ (एसएसयू), र्‍यापिड रेस्पोन्स फोर्स (आरआरएफ), रेन्जर्स र फ्रन्टियर कोर (एफसी) का टोलीहरू मिलेर काम गरिरहेको बताइएको छ । घटना लगत्तै रेन्जर्स र एफसीले जेल नियन्त्रणमा लिएका थिए ।

यस घटनामा एक कैदीको मृत्यु भएको खबर आएको छ । साथै, ४ सुरक्षाकर्मी घाइते भएको भनिएको छ । गृहमन्त्रीले प्रशासनिक लापरबाही पनि यो घटनाको कारण हुन सक्ने स्वीकार गरेका छन् । भागेका प्रत्येक कैदीको पहिचान र रेकर्ड उपलब्ध भएको र उनीहरूको घर र वरपरका क्षेत्रमा छापा मारिएको गृहमन्त्री लन्जरले बताए । लापरबाही गर्ने अधिकारीहरू विरुद्ध अनुशासनात्मक कारबाही गरिने जेल मन्त्रीले बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  २ : ४७ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न आग्रह

काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा

बुटवलतर्फ गइरहेको माइक्रोबस दुर्घटनामा सहचालकको मृत्यु, सात जना घाइते

भैरहवा । सिद्धार्थ राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा सहचालकको मृत्यु भएको

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा

सर्वोच्चको आदेशपछि सम्पत्ति छानबिन आयोगका सबै काम स्थगित

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग,

बुकीपाटनमा प्लास्टिकजन्य फोहर व्यवस्थापनको चुनौती

बागलुङ । नेपालका एक मात्र सिकार आरक्ष ढोरपाटनस्थित बुकीपाटनमा पर्यटकको